add

अर्थतन्त्र सुधारको माग गर्दै व्यवसायीको दौडधुप, समस्या समाधानका सुझाव पेश






ActPro Nepal

|

१२ पुष, २०७९

|
242

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार बनेसँग अर्थतन्त्र सुधारको माग गर्दै व्यवसायीले दौडधुप शुरु गरेको छन् ।

समस्या समाधानका सुझावसहित नेपाल उद्योग वाणिज्य महासंघको टोलीले प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट गरेका हुन् । मंगलबार बिहानै नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका निजी क्षेत्रले अपरान्ह उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेगरे ।

भेटमा प्रधानमन्त्रीले दाहालसँग महासंघ अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसाय संचालनमा सबैभन्दा बढी समस्याको रुपमा देखापरेको चालुपुँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुई वर्ष स्थगन गर्नुपर्ने माग गरेका थिए।

प्रधानमन्त्री दाहालले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णयसमेत भैसकेको जानकारी गराएका थिए।

भेटमै प्रधानमन्त्री दाहालले व्यवासायीसँग अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न, राजस्वको लक्ष्य प्राप्त गर्न एवं आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रसँग सहकार्य र सहयोगलाई वस्तुपरक रुपमा घनिभूत गराउने मन्त्रिपरिषद्को निर्णय गरेकोसमेत जानकारी गराएका थिए।

त्यस्तै टोलीले अर्थमन्त्री पौडेललाई भेट्दै चालु पूँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न माग गरेका छन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा ब्रिफिङ गरेको महासंघले जनाएको छ । अध्यक्ष गोल्छाले अर्थतन्त्रको विद्यमान समस्या समाधानका लागि महासंघका तर्फबाट सुझाव पेश गरेका छन् ।

मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा पनि अध्यक्ष गोल्छाले जोड दिए ।

अर्थतन्त्रमा वहुुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षा मार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र वैकिङ समस्याको कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गर्न आग्रह गरे ।

महासंघका अध्यक्ष गोल्छाले अर्थ मन्त्रीबाट अर्थतन्त्रको संवेदनशीलता बुुझेर सोही अनुसार अर्थपूर्ण पहल हुने अपेक्षा निजी क्षेत्रले गरेको बताए ।

राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको, मुल्यवृद्धि सात बर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रनै अहिले संकुचित हुदै गएको यथार्थता सो अवसरमा राखिएको थियो ।

नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री पौडेलले आफ्नो कामको पहिलो शुरुवातनै महासंघको प्रतिनिधिमण्डलसंगको भेटबाट भएको बताए ।

निजी क्षेत्रका मागप्रति सरकार कति गम्भीर छ भन्ने कुरालाई निजी क्षेत्रको छाता संगठनसंगको भेटलाई दिएको प्राथमिकताले पनि स्पष्ट पार्ने उनले बताए ।

सरकार निजी क्षेत्र बीचको सम्बन्ध अन्योन्याश्रित रहेको उनले स्पष्ट पारे । निजी क्षेत्रको मनोबल ढल्यो भने अर्थतन्त्र पनि ढल्छ, तपाईहरूको मनोवललाई उच्च बनाएर काम गर्ने आफ्नो पहिलो प्राथमिकता हुने उनले स्पष्ट पारे । उनले भने–म तपाईहरूको प्रतिनिधि जस्तै भएर समस्या समाधानमा काम गर्ने छु ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.