add

एक वर्षसम्म भारतीय चिनी नआउने, कस्तो देखिएला नेपालमा प्रभाव ?






ActPro Nepal

|

१३ कार्तिक, २०७९

|
398

काठमाडौ । भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध थप एक वर्ष लम्ब्याउने निर्णय गरेको छ ।

आन्तरिक बजारमा चिनीको उपलब्धतालाई सहज बनाउन र मूल्य नियन्त्रण गर्न सन् २०२३ को अक्टोबरसम्म निर्यात प्रतिबन्ध कायम राख्ने भारत सरकारले निर्णय गरेको छ ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले आगामी वर्ष अक्टोबर ३१ सम्म प्रतिबन्ध कायम रहने जानकारी गराएको छ । यद्यपि, (सिएक्सएल र टीआरक्यू) कोटाअन्तर्गत निर्यात हुने चिनीमा प्रतिबन्ध लागू नहुने बताइएको छ ।

बढ्दो मुद्रास्फीतिबीच उपभोग्य सामाग्रीको मूल्य घटाउन भारतीय सरकारले विभिन्न कदम चाल्दै आएको छ । गत जुन १ देखि यही अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाइएको थियो ।

सबैभन्दा बढी चिनी उत्पादन गर्ने र विश्वमा दोस्रो ठूलो निर्यातकर्ता भारतको यो निर्णयले नेपाललगायत अन्य मुलुकमा चिनीको हाहाकार हुने सम्भावना बढेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.