add

हिमालयन बैंकमा गाभियो सिभिल, स्वाप रेसियो कति ?






ActPro Nepal

|

२९ असार, २०७९

|
450

काठमाडौं  । हिमालयन बैंकमा सिभिल बैंक गाभिने भएको छ । दुई बैंकले बुधबार एक कार्यक्रमबीच प्रारम्भिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन् ।

दुई बैंकले १००ः८१ को अनुपात स्वाप रेसियो हुने गरी सम्झौता गरेका हुन् । अर्थात सिभिल बैंकको १०० कित्ता सेयर हुनेले हिमालयन बैंकको ८१ कित्ता सेयर पाउने छन् ।

सम्झौतासँगै सिभिल बैंकको सेयर कारोबार भने रोक्का हुनेछ। हिमालयनले सिभिल प्राप्ति गरेपछि चुक्ता पुँजी २२ अर्ब हुनेछ।

सिभिल बैंकको हालको कुल चुक्ता पुँजी ९ अर्ब ७ करोड ५८ लाख ४४ हजार रुपैयाँ छ भने हिमालयन बैंकको १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ छ ।

मर्जपछि बन्ने बैंकको नाम हिमालयन बैंक नै हुनेछ ।

सीईओ हिमालयनका अशोक राणा नै रहने छन् भने डेपुटी सीईओ भने सिभिलका सीईओले पाउने छन्। सञ्चालक समिति पनि हिमालयन बैंकको सञ्चालक समितिले हाललाई निरन्तरता पाउने छन् ।

२०७८ वैशाखमा नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जरमा जाने प्रारम्भिक सहमति भए पनि स्वाप रेसियो लगायका विषयमा विवाद भएपछि उक्त मर्जर असफल भएको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंंकले मेगा बैंकसँग प्रारम्भिक सम्झौता गरिसकेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.