add

निःशुल्क वाईफाईबाट बैंकिङ कारोबार नगर्न राष्ट्र बैंकको अनुरोध






ActPro Nepal

|

१६ वैशाख, २०८१

|
72

काठमाडौं । निःशुल्क अर्थात् फ्रि–चल्ने वाईफाईबाट बैंकिङ कारोबार नगर्न नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ । पैसा भुक्तानी गर्दा वा पैसा लिँदा निःशुल्क चल्ने वाईफाईबाट असुरक्षित हुने हुनाले वित्तीय कारोबार गर्दा संस्थागत वा व्यक्तिगत दर्ता भएका सुरक्षित इन्टरनेट प्रयोग अनुरोध गरेको हो ।

सार्वजनिक ठाउँमा चल्ने इन्टरनेटको माध्यमबाट डिजिटल रुपमा वित्तीय कारोबार गर्दा अरुले ओटीपी, पासवर्ड, बैंक अकाउन्ट नम्बर, पिन कोड, रिसिभिङ टोकन जस्ता विवरण प्राप्त गर्ने सक्ने जोखिम हुन सक्छ । शपिङ मल, होटेल, एयरपोर्ट, रेस्टुरेन्ट, कफी शप, सार्वजनिक यातायात आदि ठाउँमा हुने आधिकारिक वाईफाईको नाम पहिचान गरी वाईफाईसँग दिइएको पासवर्ड प्रयोग गरेर मात्र इन्टरनेट चलाउन राष्ट्र बैंकले भनेको छ ।

विभिन्न ह्याकरहरुले पनि उस्तै देखिने फ्री पब्लिक वाईफाई बनाउन सक्ने भएकाले त्यसप्रति सचेत रहन राष्ट्र बैंकले भनेको छ । कुनै सार्वजनिक वाईफाईसँग जोडिदा आफ्नो मोबाइल, ल्यापटप, कम्प्युटर, ट्याबलेट आदिको फाइल शेयरिङ अप्सन बन्द गर्नसमेत राष्ट्र बैंकको आग्रह छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.