काठमाडौं । नबिल बैंकको ३७ औँ वार्षिक साधारण सभा मिति २०७८ पौष ३० गते शुक्रवार सम्पन्न भएको छ ।
उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश ३३.६० सेयर र ४.४० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। प्रस्तावित बोनस सेयर पश्चात बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ।
शुक्रवार सम्पन्न बैंक संचालक समितिको ५८८ औँ वैठकले संचालक समितिको अध्यक्षमा पुन: उपेन्द्र प्रसाद पौडेललाई चयन गरेको छ।
बैंकले स्थापनाकालदेखि हालसम्म १६ अर्बभन्दा बढी रकम देशको राजस्वमा योगदान गरिसकेको समेत जनाएको छ। नबिल बैंकले १३५ वटा शाखाहरु, १८७ वटा एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट काउन्टरहरु रहेका छन्।
Comment