add

सेयर बजारमा भारी गिरावट, फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक गुमाए






ActPro Nepal

|

१० असोज, २०७८

|
440

काठमाडौं । सेयर बजारमा पुन: गिरावट आएको छ । आज (आइतबार) सेयर बजारमा भारी गिरावट आएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ६१.२७ अंकले घटेर २७५८.४८ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २३३ कम्पनीको ६ अर्ब ५० करोड ११ लाख ७ हजार ७८० रुपैयाँ बराबरको १ करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूह मध्ये १२ वटाको परिसूचक राताम्मे भएका छन् ।

म्युचुअल फण्डबाहेक सबै समूहहरु घटेका छन्। बैंकिङ १८, ब्यापार ९८, होटल तथा पर्यटन ८८, विकास बैंक १३०, जलविद्युत १३५, फाइनान्स १५६, निर्जीवन बीमा ३५६, उत्पादन ११६, अन्य ४४, माइक्रोफाइनान्स १२०, जीवन बीमा ३७१ र लगानी समूह ३ अंकले घटे।

आज कारोबार भएका कम्पनीमध्ये एक कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ ।

आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३१७.२० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज आइसीएफसी फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आइसिएफसी फाइनान्सको मूल्य सबैभन्दा धेरै ८.९ प्रतिशतले घटेको छ। घलेम्दी हाइड्रोपावर, मल्टिपर्पोज फाइनान्स, बेस्ट फाइनान्सको मूल्य ७.६ प्रतिशत बढीले घट्यो।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज ३३ करोड भन्दा बढीको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.