add

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ असोज २१ देखि खुल्ने , कति गर्ने त आवेदन ?






ActPro Nepal

|

१५ असोज, २०७७

|
854

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

सानिमाले अंकित मूल्य १०० रुपैयाँमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्न लागेको ३० लाख कित्तामध्ये १ लाख ५० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोष र १ लाख २० हजार कित्ता (४ प्रतिशत) कम्पनीका कर्मचारीका लागि छुटयाएको छ। बाँकी २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.