काठमाडौं । नेपाल बीमा प्राधिकरणले चैत १५ गते भएको हुलदंगाका कारण भएको धनजनको क्षतिबको बीमा दाबी यथाशीघ्र गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले चैत १५ गते काठमाडौं उपत्यकामा भएको हुलदंगाबाट धनसम्पत्तिमा भएको क्षतिबापतको बीमा दाबी छिटो भुक्तानी गर्न निर्जीवन बीमा र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिएको हो ।
हुलदंगाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षति र असहजतालाई ध्यानमा राखी त्यसबाट पर्न सक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फछ्र्यौट गर्न कम्पनीहरूलाई निर्देशन दिएको हो ।
साथै, प्राधिकरणले काठमाडौं उपत्यकामा चैत १५ गते भएको हुलदंगाका कारणले भएका क्षतिको विवरण एक्सेल स्प्रिडसीट ढाँचामा प्राधिकरणले दिएको गुगल फर्मको लिंक मार्फत साप्ताहिक रूपमा प्रत्येक हप्ताको बुधबार पेश गर्न समेत निर्देशन दिएको छ ।
शुक्रबार भएको राजावादीको आन्दोलनका कारण काठमाडौंको तीनकुने, कोटेश्वर लगायत क्षेत्रका दर्जन बढी घरमा नोक्सानी भएको छ । त्यस्तै, सरकारी र केही निजी सवारीसाधनमा आगलागी तथा तोडफोड भएको थियो ।
आन्दोलनबाट कति रकम बराबरको क्षति भयो र कति सम्पत्तीको बीमा गरिएको छ भन्ने एकीन तथ्यांक आइसकेको छैन ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।