add

सेयर बजार: लगानीकर्ता अनलाइन प्रणालीतर्फ आकर्षित,कुन ब्रोकरमा अनलाइन प्रयोगकर्ता कति ?






ActPro Nepal

|

१४ असोज, २०७७

|
1532

काठमाडौं  । भनिन्छ कुनैपनि महामारीसँगै अवसर र विनास सँगसँगै आउँछ । यसकै पछिल्लो उदाहरण हो नेपाली सेयर बजारमा प्रविधिको प्रयोग ।

लकडाउन अघि कुल सक्रिय लगानीकर्ताको ९९ प्रतिशतभन्दा बढीले ब्रोकर कार्यालयमा भौतिक उपस्थिति भएर सेयर कारोबार गर्ने गरेकोमा अहिले पूर्ण अनलाइन प्रणालीबाट कारोबार हुन् थालेको छ ।

प्रयोगमा आएको डेढ वर्षसम्म आकर्षण नदेखिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को अनलाइन प्रणाली (टीएमएस) प्रति पछिल्लो समय लगानीकर्ताको आकर्षण देखिन थालेको छ ।

सरकारले कोरोना रोकथामका लागि लगाएको लकडाउन, निषेधाज्ञाका कारण ब्रोकर कार्यालयमा गएर सेयर कारोबार गर्न नपाउने भएपछि लगानीकर्ता अनलाइन प्रणालीतर्फ आकर्षित हुन थालेका हुन् ।

२०७५ मंसिर २० मा ठूलो तामझामका साथ नेप्सेले प्रयोगमा ल्याएको अनलाइन प्रणाली झन्झटिलो रहेको भन्दै लगानीकर्ता अकार्षित हुन सकेका थिएनन् । तर, ब्रोकर कार्यालयमा गएर कारोबार गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने सम्भावना भएपछि लगानीकर्ता यसप्रति आकर्षित हुन् थालेका हुन् ।

नेप्सेले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार असोज १४ गतेसम्म कुल अनलाइन प्रयोगकर्ता (अनलाइन सेयर किनबेचका लागि युजर नेम र पासर्वड लिएका) को संख्या १ लाख २० हजार ४९९ जना पुगेका छन् । यो कुल सक्रिय लगानीकर्ताको करिब ३६ प्रतिशत हो भने कुल लगानीकर्ताको लगानीकर्ताको करिब ७ प्रतिशत हो ।

नेप्सेका अनुसार अहिले दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या ३ लाख ३७ हजार ३६०जना रहेका छन् । यस्तै सीडीएससीका अनुसार डिम्याट (हिताग्राही) खाता खोल्नेको संख्या करिब १८ लाख नाघेको छ ।

गत असार ३० गतेसम्म कुल अनलाइन प्रयोगकर्ताको संख्या ३३ हजार ४२९ रहेकोमा साउनदेखि यता साढे २ महिनाको अवधिमा अनलाइन प्रयोगकर्ताको संख्या करिब द्धार गुणाले बढेको छ । नयाँ आर्थि वर्ष शुरु भए (साउन) यता मात्रै ८७ हजार ७० अनलाइन प्रयोगकर्ता थपिएका छन् । साउन लागे यता औसतमा दैनिक ८३० जना अनलाइन प्रयोगकर्ता थपिएको नेप्सेले जनाएको छ। गत मंसिरसम्ममा यस्तो संख्या जम्मा करिब १५ हजार हाराहारी मात्र थिए ।

पछिल्लो समय नेप्सेले अनलाइनबाटै युजर आइडी र पासवर्ड लिन सकिने व्यवस्था गर्दिएसँगै अनलाइन प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको हो । यस्तै, ब्रेकर कार्यालयहरुले पनि अनलाइन प्रणालीबाटै टीएएमएसको युजर नेम र पासवर्ड सहजै उपलब्ध गराउन थालेकाले लगानीकर्ता यसप्रति आकर्षित भएका हुन् ।

यसअघि अनलाइनको युजर आइडी र पासवर्ड लिन ब्रोकर कार्यालयमै गएर भौतिक फारम भरेर बुझाउनु पर्ने झन्झटिलो व्यवस्था थियो ।

अहिले सेयर कारोबारको भुक्तानीसमेत अनलाइन प्रणालीबाटै हुने गरेको छ । सेयर किनबेच गरेको पैसा ब्रोकबर कार्यालयहरुले पनि अनलाइनबाटै लगानीकर्ताको खातामा पठाउन थालेका छन् भने लगानीकर्ताले पनि ब्रोकरको खातामा जम्मा गर्दिने गरेका छन् । यसरी सेयर कारोबारको पैसा समेत लिनरदिन ब्रोकर कार्यालय जानु नपर्ने व्यवस्था भएपछि लगानीकर्तालाई सहज भएको छ ।

दुई ब्रोकरका अनलाइन प्रयोगकर्ता १० हजार कटे

सेयर कारोबार गर्ने ५० ब्रोकरमध्ये दुई वटा ब्रोकरका ८० प्रतिशत भन्दाबढी ग्राहक अनलाइन प्रयोगकर्ता रहेका छन् । नेप्सेका अनुसार ब्रोकर नं. ५८ (नासा सेक्युरिटिज) र ब्रोकर नं.४२ (सानी सेक्युरिटिज)का १० हजारभन्दा १० बढीले हजारभन्दा बढी सक्रिय लगानीकर्ताले अनलाइन (टीएमएस)बाट कारोबार गर्ने गरेका छन् । यी दुवै ब्रोकरमा १३ हजारभन्दा बढी सक्रिय लगानीकर्ता रहेका छन् ।

नासा सेक्युरिटिजमा सबैभन्दा बढी १० हजारर ७९० अनलाइन प्रयोगकर्ता रहेका छन् भने ब्रोकर नं. १८ (सगरमाथा सेक्युरिटिज) मा सबैभन्दा कम २४२ जना मात्र अनलाइन प्रयोगकर्ता रहेका छन् ।

नेप्सेका अनुसार अहिलेसम्म ४ वटा ब्रोकरमा ४ हजारभन्दा बढी अनलाइन प्रयोगकर्ता छन् । त्यस्तै, ६ वटा ब्रोकरमा ३ हजार बढी, ८ वटामा २ हजार बढी लगानीकर्ताले टीएमएसबाट सेयर कारोबार गर्छन् ।
 

अझै ८ वटा ब्रोकरमा भने अनलाइन प्रयोगकर्ताको संख्या १ हजारभन्दा पनि कम रहेका छन् ।

कुन ब्रोकरमा अनलाइन प्रयोगकर्ता कति ?




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.