काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन प्रणाली टीएमएसमा समस्या समाधान भएसँगै कारोबार सुरु भएको छ ।
नेप्सले सूचना जारी गर्दै कारोबार व्यवस्थापन प्रणालीमा आएको केही प्राविधिक समस्या समाधान भएकाले कारोबार दिँउसो २:१५ देखि सुरु भएको जनाएको हो । उक्त कारोबार साँझ ५: १५ बजेसम्म चल्ने नेप्सेले जनाएको छ ।
टीएमएसमा अर्डर राख्न नमिल्ने तथा राखिएको अर्डर रद्द गर्न नमिल्ने जस्ता समस्या देखिएको थियो। समस्या देखिएपछि सेयर कारोबार रोक्का गरेको थियो ।
बजार खुलेदेखि नै कहिले नेप्सेको साइट नै नखुल्ने त कहिले टीएमएस र र वेबसाइटमा फरक फरक तथ्यांक देखाउने समस्या आएको थियो ।
सेवा अवरुद्ध हुँदा लगानीकर्ता प्रति पर्न गएको असुविधाप्रति नेप्सेले क्षमा मागेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।