add

रिलायन्सको लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँडः कतिले पाए, कतिको रित्तो हात ?






ActPro Nepal

|

१२ भदौ, २०७७

|
1117

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आइपीओ) बाँडफाँट भएको छ ।

कम्पनीले भदौ ४ गतेदेखि निष्काशन गरेको आइपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटलले शुक्रबार (आज) बाँडफाँट गरेको हो ।

कम्पनीको आइपीओमा आवेदन दिएकामध्ये २० हजार ५०९ आवेदकको हात खाली भएको छ ।

सानिमा क्यापिटलका अनुसार रिलायन्सको आइपीओमा हालसम्मकै धेरै ५ लाख ८९ हजार ४६४ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ५ लाख ६७ हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । १ हजार ९५५ वटा आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले कुल ६३ करोड रुपैंया बराबरको ६३ लाख कित्ता साधारण शेयर मध्ये ५६ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।


इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ। एक अर्ब ४७ करोड रूपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता भइसकेको छ । ६३ करोडको आईपीओ निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १० करोड पुग्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.