काठमाडौं । अमेरिकी डलर सस्तिएको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ८० पैसा र बिक्रीदर १८८ रुपैयाँ ८० पैसा रहेको छ ।
यूरो एकको खरिददर १३९ रुपैयाँ १७ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
पाउण्ड स्टर्लिङ एकको खरिददर १५५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ३१ पैसा तोकेको छ ।
यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ३७ पैसा र बिक्रीदर ८५ रूपैयाँ ८१ पैसा रहेको छ ।
त्यसैगरी, एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा रहेको छ ।
एक बहराईन दिनारको बिक्री मुल्य ३१४ रुपैयाँ ७ पैसा र खरिददर ३१२ रुपैयाँ ४८ पैसा रहेको छ । भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।