add

कृषि विकास बैंकले २४ अर्बको ‘कृषि बण्ड’ ऋणपत्र ल्याउँदै






ActPro Nepal

|

११ भदौ, २०७७

|
810

काठमाडौं । कृषि विकास बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने तयारी गरिरहेको छ ।

बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँका दरले १० वर्षका लागि ‘कृषि बण्ड’ निश्कासन गर्ने तयारी गरिरहेको जनाएको छ ।

बैंकका अनुसार २४ अर्ब रुपैयाँको ऋणपत्र २ करोड ४० लाख कित्ताको हुनेछ । बैंकले पहिलो चरणमा भने ५ देखि ६ अर्ब रुपैयाँसम्मको ऋणपत्र निश्कासन गर्ने तयारी गरिरहेको बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए ।

‘हामी अहिले आन्तरिक तयारीमै छौं, ऋणपत्र कहिले निश्कासन गर्ने भन्ने यकिन भएको छैन, पहिलो चरणमा भने ५÷६ अर्ब रुपैयाँसम्मको निकाल्ने कि भन्ने कुरा भइरहेको छ,’ उनले भने ।

उनका अनुसार सो ऋणपत्रका लागि बैंकहरुले मात्र आवेदन दिन सक्नेछन् । ऋणपत्र सर्वसाधारणरणका लागि नभई सम्पूर्ण बैंकहरुका लागि भएको उनको भनाई छ ।

उनका अनुसार पहिलो चरणमा निश्कासन हुने ऋणपत्र ५ अर्बको भए ५० लाख कित्ता र ६ अर्बको भए ६० लाख कित्ता ऋणपत्र निश्कासन हनेछ ।

‘पहिलो चरणमा निश्कासन गरेको ऋणपत्रको मागका आधारमा विस्तारै निश्कासन गर्दै जान्छौं, कोभिडको समस्या समाधान भएर सहज वातावरण बन्यो भने ऋणपत्र जारी गर्दै जानेछौं, अहिदे बैंक सम्पूर्ण तयारीमा जुटेको छ,’उनले भने ।

अहिले बैंकले आन्तरिक कमिटी गठन गरेर काम गरिरहेको छ । बैंकले यो रकम कृषिमा लगानी गर्ने उनको भनाई छ । न्युनतम कति कित्ता र अधिकतम कति कित्तासम्म आवदेन दिन सकिने त्यो विस्तारै थाहा हुने उनको भनाई छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.