काठमाडौं । निषेधाज्ञाको अवधिमा मोबाइल (वालेट) बैंकिङको कारोबार उल्लेख्य बढेको छ ।
कोभिड–१९ को बढ्दो जोखिम, लकडाउनका कारण सहज आवतजावतमा पुगेको बाधा, बैंकहरूले विद्युतीय बैंकिङ कारोबार निःशुल्क गरेकोलगायत कारण मोबाइल(वालेट) बैंकिङ कारोबार उल्लेख्य बढेको जानकारहरू बताउँछन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार २०७७ असारमा मोबाइल (वालेट) प्रयोग गर्नेहरुको संख्या १ करोड १ लाख ७९ हजार, कनेक्ट आइपीएस प्रयोग गर्नेहरुको संख्या ६ लाख ९६ हजार, आइपीएस प्रयोग गर्नेको संख्या ५ लाख ९६ हजार रहेको छ ।
त्यस्तै मोबाइल बैंकिङ प्रयोग गर्नेहरुको संख्या ५८ लाख १७ हजार र इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या ६ लाख ५३ हजार रहेको छ ।
त्यस्तै बैशाखमा एटीएमबाट कारोबार गर्नेको संख्या ३४ लाख ८८ हजार २८ रहेकोमा असार मसान्त सम्ममा ६३ लाख दुई हजार पुगेको छ ।
बैशाखमा मोबाइल बैंकिङबाट आठ अर्ब ६४ करोड रुपैयाँ कारोबार भएकोमा असारमा आइपुग्दा १८ अर्ब ८३ करोडभन्दा बढीको कारोबार भएको छ ।
त्यस्तै डिजिटल वालेट मार्फत हुने कारोबार पनि बढेको छ । हाल सम्म एक करोड बढी प्रयोगकर्ताले असारमसान्त सम्म १० अर्ब भन्दा बढी कारोबार गरेका छन् ।
एटीएम, डेविट कार्ड, क्रेडिट कार्ड, आरटिजिएस, इसीसी, आइपिएस र कनेक्ट आइपीएसबाट हुने कारोबारको रकम तथा संख्या समेत ह्वात्तै बढेको देखिन्छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण ४ महिना लामो लकडाउनमा विद्युतीय कारोबार गर्नेको संख्या वृद्धि भएको तथ्यांकबाट देख्न सकिन्छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।