add

बाणिज्य बैंकका हरेक शाखाबाट विदेशी मुद्राको कारोबार गर्न पाईने






ActPro Nepal

|

८ भदौ, २०७७

|
877

काठमाडौ । वाणिज्य बैंकका हरेक शाखाले विदेशी मुद्राको कारोबार गर्नु पर्ने भएको छ ।

राष्ट्र बैकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ मा सो व्यवस्था गरेको हो ।
बैंकले एक पटक विदेशी विनिमय कारोबारका लागि लाइसेन्स लिएपछि सबै शाखामार्फत सो कारोबार गर्न पाइनेछ ।

यसअघि एउटा बैंकका सबै शाखाबाट अनिवार्य रुपमा विदेशी मुद्राको कारोबार गर्नु पर्ने व्यवस्था थिएन ।

अब बाणिज्य बैंकका हरेक शाखाले विदेशी मुदा विक्री, सटही नगरे पनि खरिद भने गर्नु पर्नेछ ।

यसअघि हरेक शाखाले छुट्टाछुट्टै विदेशी विनिमय कारोबारका लागि लाइसेन्स लिनु पर्ने व्यवस्था थियो । सोही कारण बैंकका सिमित शाखाले विदेशी विनिमयको कारोबार गर्दै आएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.