काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरेसँगै बिहीबार करिब १७ अंकले घटेको बजार आज कमब्याक भएको हो ।
निषेधाज्ञाकै बीच खुलेको बजारमा कारोबार रकममा पनि बढोत्तरी आएको छ । आज अनलाइन प्रणाली बाट मात्रै कारोबार भएको बजारमा १ अर्ब १० करोडभन्दा बढीको कारोबार भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से १२.७७ अंकले बढेर १४१०.३४ बिन्दुमा पुगेको छ । यसदिन १८४ कम्पनीको १ अर्ब १० करोड ८० लाख ५३ हजार ५९७ रुपैयाँ बराबरको कारोबार भएको छ । २४ लाख ९८ हजार ६६२ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये ९ समूहको परिसूचक ओरालो उकालो लागेका छन् भने ३ समूहको परिसूचक ओरालो लागेका छन् । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २३३.२२ अंकले बढेको छ ।
कोराबार रकमका आधारमा आज नेको इन्स्योरेन्सको सेयर शीर्ष स्थानमा रह्यो । यसको १३ करोड ७२ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा शिवम् सिमेन्ट र नेपाल पुनर्बीमा कम्पनी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
आज पनि समृद्धि फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । राष्ट्र बैंकबाट २०० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको फाइनान्सको सेयर मूलयमा पछिल्ला दिनमा लगातार सर्किट लाग्दै आएको छ । यसको मूल्य करिब १० प्रतिशतले बढेको छ ।
आज पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ३.७० प्रतिशतले घटेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।