काठमाडौं । बीमा समितिले प्रिमियम बुझाउने समय भदौ १५ गतेसम्म थप गर्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
बुधबार रातिदेखि भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएसँगै त्यस अवधिसम्ममा तिर्नुपर्ने प्रिमियम तिर्ने समय भदौ १५ गतेसम्म थप गर्न समितिले निर्देशन दिएको हो ।
यससँगै अब निषेधाज्ञा अवधिभित्र गर्नुपर्ने बीमालेख नवीकरण बापतको प्रिमियम भदौ १५ गतेसम्म हुने भएको छ । यो अवधिमा कुनै पनि बीमा कम्पनीले प्रिमियम शुल्कमा ब्याज तथा हर्जना लिन पाउने छैनन् ।
यस्तै, समितिले बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरणको समय भदौ मसान्तसम्म थप गरेको छ ।
यस्तै निर्जीनन बीमकले तत्काल सृजना हुने दाबी भुक्तानीको लागि विद्युतीय माध्यमबाट निवेदन पाएमा निषेधाज्ञाको अवधि सकिएपछि तत्काल सर्भेयर खटाइ क्षतिको यकिन गर्ने व्यवस्थालाई निरन्तरता दिन पनि निर्देशन दिएको छ
बीमा समितिले निषेधाज्ञाको समयमा पनि बीमा कम्पनीहरुलाई एक तिहाई कर्मचारीद्वारा सेवाग्राहीलाई सेवा दिन निर्देशन दिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।