add

बिहीबारदेखि उपत्यकामा बैंकका ८ वटा मात्रै शाखा खुल्ने, कहाँ कति ?






ActPro Nepal

|

३ भदौ, २०७७

|
1023

काठमाडौं  । काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा हुनेभएपनि  बैंकहरुको सेवा भने सञ्चालन हुने भएको छ ।

एक साताका लागि निषेधाज्ञा जारी गरेसँगै बैंकहरूले पनि सीमित शाखाहरूबाट मात्रै सेवा उपलब्ध गराउने तयारी गरेको  हुन् ।

एउटा वाणिज्य बैंकले काठमाडौं उपत्यकामा दैनिक बढीमा ८ वटा शाखाबाट मात्रै सेवा प्रदान गर्ने गरी तयारी गरेको बैकर्स संघले जनाएको छ ।

काठमाडौं उपत्कायमा जिल्लाअनुसार बैंकले एक दिनमा कति वटा शाखा खोल्ने भन्ने तय भएको संघले जनाएको छ ।

एक बैंकले काठमाडौं जिल्लामा एक दिन ५ वटा शाखा खोल्न पाउनेछन् भने भक्तपुरमा एक र ललितपुरमा २ वटा शाखा खोल्न पाउनेछन् ।

न्यूनतम कर्मचारीबाट अत्यावश्यक वित्तीय सेवा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै उपलब्ध गराउन र सकेसम्म विद्युतीय कारोबारलाई प्राथमिकता दिन संघले आग्रह गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.