add

घरबाटै कारोबार गरी सुरक्षित बनौं-बैंकर्स संघ






ActPro Nepal

|

२ भदौ, २०७७

|
524

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रभावबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि सम्भव भएसम्म घरबाटै कारोबार गर्न बैंकर्स संघले आग्रह गरेको छ ।

डिजिटल बैंकिङ (मोबाइल÷इन्टरनेट बैंकिङ) को माध्यमवाट प्रायस् जसो सबै प्रकारका दैनिक कारोवार गर्न सकिने हुनाले डिजिटल बैंकिङ सेवाको अझ बढी प्रयोग गर्नु संघले आग्रह गरेको छ ।

एउटा खातावाट अर्को कुनै खातामा रकम जम्मा गर्न, विभिन्न बिलहरु भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्न, आदि कामहरु सहज रुपमा डिजिटल बैंकिङ्गवाट गर्न सकिने हुनाले घरमै बसी सहज रुपमा बैंकिङ गर्न सकिन्छ ।

डिजिटल बैंकिङ प्रयोग गर्न कुनै पनि प्राबिधिक समस्या भएमा, पासवर्ड विर्सिएमा वा अन्य कुनै अफ्ठ्यारो परेको खण्डमा सम्बन्धित बैंकको शखामा फोन मार्फत् सम्पर्क गरि सहयोग लिन पनि संघले आग्रह गरेको छ ।
‘आफ्नो खाता वा खातावाट भएको कारोबारको सिलसिलामा कुनै पनि जानकारी वा प्रश्न भएमा समेत सम्बन्धित शाखामा फोन मार्फत् सम्पर्क गर्न सकिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

अत्यावश्यक अवस्थामा बाहेक बैंकको शाखामा नआई भिडभाड कम गर्नका निमित्त सहयोग गरिदिनुहुन समस्त ग्राहकहरुमा संघले आग्रह गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.