काठमाडौं । नविल बैंकको नाफामा कोरोनाको ठूलै प्रभाव देखिएको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार नाफा जम्मा ३ अर्ब ५६ करोड रुपैयाँमा खुम्चिएको छ । आर्थिक वर्ष २०७५।७६ भन्दा ६७ करोड अर्थात १५.८३ प्रतिशतले गिरावट आएको हो । अघिल्लो आवमा बैंकको नाफा ४ अर्ब २३ करोड रुपैयाँ थियो ।
नविलको वितरणयोग्य नाफामा पनि भारी गिरावट आएको देखिन्छ । २०७५।७६ मा ३ अर्ब ७३ करोड रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको बैंकले गत आवमा भने जम्मा ३ अर्ब ४ करोड मात्रै त्यस्तो नाफा कमाउन सफल भएको छ । अर्थात नविलको वितरण योग्य नाफा नै ६९ करोड रुपैयाँले १८.४९ प्रतिशतले गिरावट आएको देखिन्छ ।
बैंकले गत आवमा एक खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । नविलले यो अवधीमा १६ अर्ब ४९ करोड ब्याज आम्दानी गरेर ९ अर्ब ४७ करोड ब्याज खर्च गर्दा खुद ब्याज आम्दानी ७ अर्ब २ करोड कायम गराउन सफल भएको देखिन्छ । १० अर्ब ९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ६६ करोड रुपैयाँ रहेको छ ।
नविलको स्प्रेड दर ३.७३ प्रतिशत छ भने आधार ब्याजदर ७.३२ प्रतिशत छ । कस्ट अफ फण्ड ५.४९ प्रतिशत रहेको बैंकको सीडी रेसियो ६८.०८ प्रतिशत छ । बैंकको खराब कर्जा भने जम्मा ०.९७ प्रतिशत छ । नविलको प्रति सेयर आम्दानी ३७.२४ रुपैयाँ रहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।