add

युनाइटेडमा परीक्षा दिन अमोरिम तयार






ActPro Nepal

|

९ मंसिर, २०८१

|
34

काठमाडौँ । पोर्चुगिज प्रशिक्षक रुबेन अमोरिमले आइतबार इप्सविचमा पहिलोपल्ट म्यानचेस्टर युनाइटेडको जिम्मेवारी सम्हाल्नेछन्। समस्याग्रस्त प्रिमियर लिग क्लबलाई पुनर्जीवित गर्ने लक्ष्यसाथ उनले युनाइटेड सम्हाल्न लागेका हुन्।

३९ वर्षे अमोरियो पोर्चुगिच क्लब स्पोर्टिङ लिस्बनका सफल प्रशिक्षक थिए। चार वर्ष उक्त क्लबमा रहँदा उनले दुई प्रिमेइरा लिग जिताएका थिए। युनाइटेडलाई सोही लयमा ल्याउने आशासहित इङ्लिस क्लबले उनलाई भिœयाएको हो। एलेक्स फर्गुसनले सन् २०१३ मा अवकाश लिएपछि युनाइटेड भित्रिने अमोरिम छैटौं स्थायी प्रशिक्षक हुन्। त्यसयता ११ वर्षमा युनाइटेडले प्रिमियर लिग वा च्याम्पियन्स लिगमा चुनौती दिन सकेको छैन। जारी प्रिमियर लिगमा पनि क्बल १३औं स्थानमा छ। एरिक टेन हागको प्रशिक्षणमा युनाइटेडले दुई सिजनमा एफए कप र कारोबाओ कप जितेको थियो।

तर, दुई उपाधि जिते पनि उनले प्रिमियर लिगमा युनाइटेडको खराब प्रदर्शनलाई सुधार गर्न सकेनन्। डच प्रशिक्षक टेन हागको प्रशिक्षणमा क्लबले बार्सिलोना, लिभरपुल र म्यानचेस्टर सिटीजस्ता टोलीमाथि प्रभावशाली जित हासिल गरेका थियो। तर, उनी त्यो जित लयलाई निरन्तरता दिन भने असफल रहे। उनीमाथि सधैं खेलाडीको प्रतिभामा भर पर्ने गरेको आरोप लाग्दै आएको थियो। त्यसको ठिक विपरीत रहे, अमोरिम। आक्रामक फुटबल शैलीका कारण स्पोर्टिङ लिस्बनलाई उनले चार वर्षमै ठूलो परिवर्तन गराइदिए।

कुनै बेला बेन्फिका र पोर्टोको छायाँ रहने स्पोर्टिङ लिस्बनले १९ वर्षको प्रतीक्षापछि पोर्चुगलको लिग दुईपल्ट जित्यो। त्यो सफलतालाई उनी जोखिम बाटोको रूपमा संज्ञा दिन्छन्। ‘प्रशिक्षकका रूपमा तपाईले कुनै न कुनै बाटो रोज्नुपर्छ। म सधैं जोखिम बाटो रोज्छु,’ उनी भन्छन्, ‘म खेलाडीप्रति र आफ्नो खेलाउने शैलीप्रति विश्वास गर्छु। युनाइटेडमा पनि नयाँ कुरा प्रयोग गर्न चाहन्छु।’ तर, नोभेम्बर २४ देखि जनवरी ५ सम्म १२ खेलको कठिन खेलतालिकाले उनलाई आफ्नो शैली कार्यान्वयन गर्न धेरै समय दिने छैन। ठूलो रकम खर्च गरिसक्दा पनि युनाइटेडको खराब नतिजामा सुधार आएको छैन।

टेन हागले पाँच ‘ट्रान्सफर विन्डो’ मा सात सय ७८ मिलियन अमेरिकी डलर खर्च गर्न लगाएका थिए। यी ‘विन्डो’ मा भित्रिएकामध्ये थोरै खेलाडीले मात्र उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। पूर्वकप्तान गेरी नेभिल धेरै खर्च गरेर ल्याएको खेलाडी असफल हुँदा प्रशिक्षकलाई बारम्बार दबाब पर्ने गरेको बताउँछन्।

‘युनाइटेडमा आएका हरेक प्रशिक्षकलाई हामी समस्या ठान्न थाल्छौं। तर, समस्या खेलाडीमा छ। ५० देखि ७० मिलियनमा आएका खेलाडी यहाँ आएर असफल हुन्छन्,’ उनी भन्छन्। डेभिड मोयस, लुइस भान गाल, जोसे मोउरिन्हो र ओले गुनर सोल्सजायरले युनाइटेडलाई राम्रो नतिजा दिन सकेनन्। सधैं खराब प्रदर्शनसँगै क्लब व्यवस्थापकबाट आइपर्ने दबाबले थिचिएर उनीहरू बाहिरिए।

इङ्लिस फुटबलमा म्यानचेस्टर सिटी र लिभरपुलको प्रभुत्वले पनि युनाइटेडका समर्थक अहिले निराश छन्। आफ्नै घरेलु मैदान ओल्ड ट्राफोर्ड पनि युनाइटेडले पहिलेजस्तो प्रभावशाली प्रदर्शन देखाउन सकेको छैन। लिभरपुल र टोटनह्यामले गत सेप्टेम्बरमा युनाइटेडलाई घरेलु मैदानमै ३–० ले नै हराए।

नयाँ प्रशिक्षकको आगमनसँगै युनाइटेड पहिलाझैं प्रभावशाली लयमा फर्किने कप्तान ब्रुनो फर्नान्डेस विश्वास व्यक्त गर्छन्।‘म स्पोर्टिङ लिस्बनको ठूलो समर्थक हुँ। रुबेन अमोरिमले उक्त क्लबमा उत्साहजनक नतिजा ल्याउनु भएको थियो। उहाँको प्रशिक्षणमा सबै कुरा परिवर्तन भयो र सबैलाई एकताबद्ध गराउन सफल हुनुभयो,’ फर्नान्डेसले भने।

अमोरिमसँग स्पोर्टिङ लिस्बनमा भन्दा धेरै प्रतिभावान् खेलाडी छन्। यी खेलाडीलाई राम्रोसँग उपयोग गर्नु नै उनको सबैभन्दा ठूलो सफलता हुनेछ। त्यसमाथि अमोरिम आफैंमा पनि आत्मविश्वासको कमी छैन। ओल्ड ट्राफोर्डमा चुनौती स्विकार्दै आफ्नो योग्यताको परीक्षा दिन उनी तयार देखिन्छन्। ‘म सपना देख्ने मान्छे हुँ। मलाई आपैंmप्रति विश्वास छ र मप्रति क्लबलाई पनि छ। हामीसँग एउटै विचार र उहीं मानसिकता पनि छ। तपाईहरूलाई यो सम्भव छ जस्तो लाग्दैन, तर म क्लबमा परिवर्तन गर्नेछु,’ उनी भन्छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.