add

विश्व बैंकले कोभिड १९ विरुद्ध लड्न र उर्जा क्षेत्रमा सुदृढीकरणका लागि १२ अर्ब ऋण दिने






ActPro Nepal

|

२१ जेठ, २०७७

|
829

काठमाडौं । विश्व बैंकले उर्जा क्षेत्रमा खर्च गर्न नेपालका लागि १० करोड अमेरिकी डलर (करीव १२ अर्ब रुपैयाँ) ऋण सहायता स्वीकृत गरेको छ ।

कोरोना भाइरसको मारमा परेको अवस्थामा नेपालको उर्जा क्षेत्रलाई पुनरुत्थान गर्नका लागि उक्त ऋण सहयोग गरेको विश्व बैंकले उल्लेख गरेको छ ।

बैंकका देशीय निर्देशक फारिस हाजाडजेर्भोसले सहयोग रकमले नेपालमा विद्युत क्षेत्रको सुदृढीकरणका लागि जारी सुधारहरु हालको संकटको समयमा अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्ने बताए । भरपर्दो, किफायति र दिगो विद्युतले गरिबी न्यूनीकरण समेत सहयोग पुर्‍याउने उनले बताए ।

बैंकले यो रकमले नेपाल विद्युत् प्राधिकरणको आर्थिक सम्भाव्यतामा सुधार गर्ने, स्वायत्त, पारदर्शी, र जवाफदेही नियामक संचरना स्थापना गर्ने तथा संघीय संरचनाअन्तर्गत प्राधिकरणको पुनर्संरचना गरी प्रान्तीय र स्थानीय सरकारहरूलाई सशक्तिकरण गरिने जनाएको छ ।

विश्व बैंकले डेभलमेन्ट पोलिसी क्रेडिट अन्तर्गत नेपाललाई सहयोग गर्दै आएको छ । यो ऋण सहयोग विद्युत क्षेत्र र कोभिड १९ संकट विरुद्ध लड्नका लागि रहेको विश्व बैंकले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.