काठमाडौं । कृषि विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधरणसभा सोमबार सम्पन्न भएको छ ।
सभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको हो ।
बैंकले बृहत कार्य सञ्जालद्वारा आफ्ना वस्तु/सेवाहरूलाई देशका अति दुर्गमदेखि सुगम ठाउँमा २८२ वटा शाखामार्फत आधुनिक बैकिङ सेवा पुर्याउन सफल भएको तथा नेपालका वाणिज्य बैंकहरूमध्ये कृषिमा सबैभन्दा बढी लगानी गरेको छ ।
सभामा सेयरधनीले उठाएका जिज्ञासा सञ्चालक समिति अध्यक्ष पुडासैनीले मेटेका थिए । साथै उनले सेयरधनीबाट प्राप्त सुझावलाई नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिवद्धतासमेत व्यक्त गरे ।
सेयरधनीहरूको बाक्लो उपस्थिति रहेको उक्त सभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरू र बैंक सञ्चालक समितिका सदस्यहरू क्रमश: दीर्घराज मैनाली, डा. हरिबहादुर केसी, गोविन्दप्रसाद भट्टराई, सञ्जीव पौडेल, विनोदकुमार गुरागाईं, श्रीमती रीता सुवेदी र प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिति रहेको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.