add

लकडाउनको प्रभाव: चामल खरीद प्रक्रिया अन्योलमा, गहुँ खरिद रोकियो






ActPro Nepal

|

२१ जेठ, २०७७

|
802

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक लाख क्विन्टल चामल खरीदका लागि तेस्रो पटक सार्वजनिक बोलपत्र आह्वान गर्दा निवेदन नपरेपछि चामल खरीद नै अन्योलमा परेको छ।

कम्पनीसँग मौज्दात चामल सकिनै लाग्दा नयाँ खरीदका लागि बोलपत्र आह्वा भएको करीब दुई महिना बितिसक्दा समेत खरीद प्रक्रिया शुरु हुन सकेको छैन।

पहिलो र दोस्रो पटकको बोलपत्र आह्वानमा कुनै निवेदन नपरेपछि बजारको अवस्थानुसार दरमा केही परिमार्जन गरी पुनः तेस्रो पटक आह्वान गरिएको थियो। व्यवसायीको आग्रह अनुसार बोलपत्रमा परिमार्जन गरी तेस्रो पटक प्रकाशन गर्दा १५ निवेदन परे पनि छनोट हुन नसकेको कम्पनीले जनाएको छ।

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार १५ जनाको आवेदन दर्ता भए तापनि दर धेरै भएपछि छनोट हुन नसकेको हो।

उनका अनुसार तेस्रो पटकको आह्वान समेत छनोट हुन नसकेपछि नयाँ विकल्पका बारेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलको तयारी गरिएको छ। चामल खरीदका लागि पहिलो पटक गत चैत ५ गते ३० दिनको समयसीमा राखेर बोलपत्र आह्वान गरिएको थियो।

त्यसैगरी दोस्रो र तेस्रो पटक १५/१५ दिनको समय राखेर पुनः गत वैशाख १० र यही जेठ १ गते बोलपत्र आह्वान गरिएको थियो। तेस्रो बोलपत्रको समयसीमा जेठ १५ गते सकिएको छ।

रोकियो गहुँ खरीद

खाद्य कम्पनीले तराईका दुई जिल्लामा किसानबाट गहुँ खरीद प्रक्रिया शुरु गरेकामा कोरोना संक्रमणको जोखिमले खरीद प्रक्रिया रोकिएको छ।

गत वैशाख अन्तिम सातादेखि कैलाली (धनगढी) र बर्दिया (राजापुर) जिल्लामा किसानबाट गहुँ खरीद शुरु भएकामा उक्त क्षेत्रमा कोरोना संक्रमित बढेसँगै खरीद प्रक्रिया रोकिएको न्यौपानेले जानकारी दिए। उनका अनुसार उक्त क्षेत्रमा संक्रमित वृद्धि भएपछि प्रशासनको समन्वयमा खरीद प्रक्रिया रोकिएको हो।

कम्पनीले धनगढी र राजापुरमा दश/दश हजार तथा नेपालगञ्ज र भैरहवामा पाँच/पाँच हजार गरी ३० हजार क्विन्टल गहुँ खरीद गर्न चार जिल्लामा कोटा छुट्याएको थियो । बन्दाबन्दीका कारण नेपालगञ्ज र भैरहवामा खरीद प्रक्रिया शुरु हुन सकेको छैन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.