add

नेगेटिभ सर्किटले समय अगावै बजार बन्द






ActPro Nepal

|

३० वैशाख, २०७७

|
890

काठमाडौं  । मंगलबार सेयर बजार करिब १ः२० मिनेटमै बन्द भएको छ ।

सो अवधिमा नेप्से २ प्रतिशत भन्दा बढीले घटेपछि सर्किट ब्रेकरमार्फत उक्त दिनको सेयर कारोबार बन्द गरेको हो । सो दिन नेप्से परिसूचक २५.३० अंकले घटेको छ । यो सँगै नेप्से परिसूचक १ हजार २ सय २६. ३० विन्दुमा ओर्लेको छ । उक्त दिन १० करोड ४३ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

चैत ११ मा सरकारले लकडाउन सुरु गरेसँगै बन्द भएको सेयर बजार मंगलबार देखि खुलेको हो । नेपाल धितोपत्र बोर्डले साविकको दैनिक कारोबार समय घटाएर २ घण्टा बनाएको छ । यस्तै, सर्किट ब्रेकरको व्यवस्था पनि परिमार्जन गरी दैनिक २ प्रतिशत मात्र बनाइएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.