add

एनआइसी एशिया लघुवित्तले १० प्रतिशत ब्याज छुट दिने






ActPro Nepal

|

२९ वैशाख, २०७७

|
773

काठमाडौं । एनआइसी एशिया लघुवित्तले नेपाल राष्ट्र बैंकले प्रदान  ३ प्रतिशत ब्याज सहुलियतको अलावा १० प्रतिशत छुट दिने भएको छ । 

संस्थाको आफ्नै पहलमा सबै प्रकारका कर्जाहरुमा लागू हुने गरी ल्याएको वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता÷ब्याज रकम २०७७ वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत र हर्जाना ब्याजको सतप्रतिशत मिनाहा गर्ने योजना समेत ग्राहकलाई लागू गरेको छ ।

साथै राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम यस वित्तीय संस्थाका ऋणीहरुले चैत्र मसान्तसम्म कायम रहेको कर्जा ब्याज दरमा ३ प्रतिशत ब्याज छुट प्रदान गरे पश्चात हुन आउने ब्याज रकममा समेत १० प्रतिशतको अतिरिक्त छुट प्रदान गर्ने व्यवस्था यस संस्थाले गरेको छ ।

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुमा यस संस्थाबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने र यसरी प्राप्त गर्नुपर्ने छुट रकम जेष्ठ महिनाको पहिलो साताभित्र सम्बन्धित ग्राहकको यस संस्थाको खातामा जम्मा गरिनेछ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.