add

देशभर अत्यावश्यक सेवादिने कार्यालय खुले






ActPro Nepal

|

२८ वैशाख, २०७७

|
1244

काठमाडौं । देशभरका बैंक तथा वित्तीय संस्था तथा अत्यावश्यक सेवा प्रदान कार्यालय आइतबारदेखि सञ्चालन भएका छन् ।

सरकारले सर्तसहितको लक डाउन खुकुलो पारेसँगै २४ गतेको मन्त्रिपरिषद निर्णय निर्णयअनुसार सञ्चालनमा आएका हुन् ।

निर्णय अनुसार बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा तथा अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय, संस्थान खुल्ला भएका हुन् ।

सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाका शाखा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा ल्याएको छ ।

अत्यावश्यक सेवा ऐनले निर्देश गरेका अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा संस्थान सञ्चालनमा आएका छन् ।

त्यसमा पनि सामाजिक दूरी कायम राखी एकतिहाइ कर्मचारीलाईमात्र परिचालन गरी सञ्चालन गरिएको जनाइएको छ ।

प्रधानमन्त्री कार्यालयको सचिव तथा उच्चस्तरीय समन्वय समिति स्रोतको अनुसार आजबाट खानेपानी आपूर्ति, खाद्य संस्थान, टेलिफोन, बिजुली, फोहोर व्यवस्थापनलगायतका क्षेत्रमा काम गर्ने सरकारी कार्यालय तथा संस्थान सञ्चालन भएका छन् ।

यस अनुसार कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, राष्ट्रिय विमा कम्पनीजस्ता कार्यालय भने आंशिक सञ्चालनमा आउनेछन्

बैंक तथा वित्तीय संस्थामा भने एक पटकमा शाखा कार्यालयमा पाँच जनाभन्दा बढी सेवाग्राहीलाई प्रवेश नदिने, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवाग्राहीका लागिसमेत अनिवार्य गरिएको छ ।

‘लकडाउन’को अवधिमा बैंकले आलोपालो सेवा दिँदै आएका थिए । शाखा कार्यालय नजिक रहेका एटिएम काउन्टर बन्द गरिएका थिए भने अन्य स्थानमा एटिएम सञ्चालनमा ल्याइएको थियो ।

सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै बैंक तथा वित्तीय संस्था आंशिकरुपमा खुलेका थिए । उनीहरुले ग्राहकलाई बढीभन्दा बढी विद्युतीय माध्यममार्फत कारोबार गर्न आग्रह गरेका थिए ।

सरकारले कोरोनाको संक्रमण फैलन नदिन ११ चैतदेखि जारी गरेको लकडान आगामी ५ जेठ सम्म तय भएको छ । लकडाउन जारी गर्दा अत्यावश्यक सेवा बाहेकका कर्मचारीहरुलाई आवश्यक पर्दा कार्यालय आउन सक्ने गरी घरमै बस्ने गरी बिदा दिने निर्णय गरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.