add

कोरोना बीमालेख: कुन जिल्ला कुन इन्स्योरेन्सको जिम्मामा ? हेर्नुहोस






ActPro Nepal

|

८ वैशाख, २०७७

|
946

काठमाडौं । बीमा समितिको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीहरुले कोरोना भाइसर (कोभिड १९) बीमालेख बिक्री शुरु गरेका छन् ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले कोरोना भाइरस रोग सम्बन्धी पहिलो बीमालेख खरिद गरी औपचारिक शुरूवात गरेका हुन् ।

समितिले जारी गरेको कोरोना भाईरस रोग बिमालेख ३ महिनाको बच्चादेखि ९९ बर्षको जेष्ठ नागरिकसम्मले खरिद गर्न सक्नेछन् । बिमित व्यक्ति कोरोना भाईरसबाट संक्रमित भई त्यसको लागि नेपाल सरकार, स्वास्थ्य मन्त्रालय वा सार्वजनिक निकायले निर्धारण गरे अनुसारका पिसिआर परीक्षणबाट कोरोना भाईरस संक्रमित भएको पुष्टी हुनुपर्नेछ ।

समितले गत बिहीबार एक सर्कुलर जारी गर्दे कोभिड १९ बाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएका थिए ।

बीमा समितिको निर्देशन अनुसार सबै निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमालेखमा हाल विद्यमान रहेको घातक रोग सरहको हुने गरी व्यवस्था गरेको छ । उक्त बीमा अन्तर्गत ‘क’ र ‘ख’ बीमाङ्क कायम गरिएको छ । एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ बीमांकको दुई बीमालेख तयार जारी गरेका हुन् ।

बिमितहरुले ५० हजार र १ लाख रुपैयाँसम्मको बिमालेख खरिद गर्न सक्नेछन् । १ लाख रुपैयाँसम्मको बिमालेख अन्र्तगत कम्पनीहरुले बिमा गर्दा प्रति व्यक्ति १ हजार रुपैयाँ र परिवारको गर्दा प्रति व्यक्ति ६ सय रुपैयाँ बिमाशुल्क कायम गर्नुपर्नेछ ।

त्यस्तै, ५० हजार रुपैयाँ बिमांक रकम बराबरको बिमा गर्दा प्रति व्यक्ति ५ सय र परिवारको गर्दा ३ सय रुपैयाँ बिमाशुल्क कायम गर्नुपर्नेछ । तर, बिमा भएको १५ दिन पछि मात्रै दाबी गर्न सकिनेछ ।

लघुबिमा मार्फत कम्पनीहरुले यो बिमालेख जारी गर्न पाउँनेछन् । कृषि बिमा र घुम्ती बिमा लागि तोकिएको जिल्लाहरुमा कार्यरत बिमा कम्पनीहरुले अनिवार्य रुपमा कार्यन्वयन गर्न समितिले निर्देशन दिएको छ ।

कुन जिल्ला कस्को जिम्मा ?

समितिका अनुसार नेपाल इन्स्योरेन्स कम्पनीले दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरको जिम्मा पाएको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनीले बझाङ, डोटीको जिम्मा पाएको छ ।

युनाइटेड इन्स्योरेन्स कम्पनीले हुम्ला, बाजुरा र अछाम जिलका नागरिकलाई कोरोना भाइरस बीमालेखको दायरामा ल्याउनु पर्नेछ । एभरेष्ट इन्स्योरेन्स कम्पनीले कालिकोट, दैलेख, सुर्खेत र बर्दिया जिल्लाका नागरिकलाई कोरोना भाइरस बीमालेखको दायरामा ल्याउनु पर्ने छ ।

मुगु, जाजरकोट र जुम्लाका नागरिकले सगरमाथा इन्स्योरेन्स कम्पनीबाट कोरोना बीमा गर्न सक्नेछन् । एनएलजी इन्स्योरेन्सले डोल्पा, पश्चिम रुकुम, सल्यान र बाँके जिल्लामा कोरोना बीमा गर्नु पर्ने छ ।

सानिमा जनरल इन्स्योरेन्सले कपिलवस्तु, नवलपुर र मोरङ जिल्लामा रही कोरोना बीमा गर्नु पर्ने छ । जनरल इन्स्योरेन्स कम्पनी रसुवा, सिराहा र पर्साका नागरिकलाई कोरोना बीमाको दायरामा ल्याउनु पर्ने छ ।

अजोड इन्स्योरेन्सले गुल्मी, पर्वत, पूर्वरुकुम र रौतहटका नागरिकको कोरोना बीमा गर्नु पर्नेछ । प्रभु इन्स्योरेन्सले मुस्ताङ, म्याग्दी, बाग्लुङ र स्याङ्जा, सिद्धार्थ इन्स्योरेन्स मनाङ, कास्की, पाल्पा र रुपन्देही जिल्लामा कोरोना बीमा गर्नुपर्नेछ ।

गोरखा, लम्जुङ, तनहुँ, परासीका नागरिकले प्रुडेन्सियल इन्स्योरेन्सबाट उक्त बीमालेख खरिद गर्न सक्नेछन् । शिखर इन्स्योरेन्सले चितवन, मकवानपुर, धादिङ र नुवाकोट जिल्लामा रही कोरोना बीमा गर्नु पर्ने छ ।

हिमालयन जनरल इन्स्योरेन्सले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर र बारा जिल्लामा रही कोरोना बीमा गर्नु पर्ने छ । प्रिमियर इन्स्योरेन्स कम्पनीले दोलखा, रामेछाप, सिन्धुली र सर्लाहीमा कोरोना बीमा गर्नुपर्नेछ ।

आइएमई जनरल इन्स्योरेन्सले सोलुखुम्बु, ओखलढुङ्गा, महोत्तरी, धनुषा जिल्लाका नागरिकलाई कोरोना भाइरस बीमालेखको दायरामा ल्याउनु पर्ने हुन्छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स सङ्खुवासभा, भोजपुर, खोटाङ र उदयपुर जिल्लामा रही कोरोना बीमा गर्नु पर्ने छ ।

ताप्लेजुङ, पाँचथर, इलाम र झापा जिल्लाका नागरिकले नेको इन्स्योरेन्सबाट कोरोना बीमा गर्न सक्ने छन् । दि ओरिइण्टल इन्स्योरेन्सले धनकुटा, सुनसरी, तेह्रथुम र सप्तरी जिल्लाका नागरिकलाई कोरोना बीमाको दायरामा ल्याउनु पर्ने छ ।

नेशनल इन्स्योरेन्सले रोल्पा, प्यूठान, दाङ र अर्घाखाँचीजिल्लाका नागरिकलाई कोरोना भाइरस बीमालेखको दायरामा ल्याउनु पर्ने छ । काठमाडौ र भक्तपुरमा भने सबै कम्पनीले कोरोना बीमा गर्न पाउने बीमा समितिले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.