add

लकडाउन अवधिमा श्रमिकलाई आधा तलव दिने उद्योग प्रतिष्ठानको निर्णय






ActPro Nepal

|

८ वैशाख, २०७७

|
1203

काठमाडौं । कोरोना भाइरस महामारीका कारण बन्दावन्दी (लकडाउन) का समयमा पनि उद्योग प्रतिष्ठानले श्रमिकहरुलाई आधा तलव दिन सहमत भएका छन ।

आपूर्ति मन्त्रालयको अगुवाइमा नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, घरेलु तथा साना उद्योग महासंघलगायतका प्रतिनिधिहरुबीच बसेको संयुक्त बैठक उक्त निर्णय गरेको हो ।

सहमति अनुसार उद्योग प्रतिष्ठानमा कार्यरत कामदार र कर्मचारीले चैत महिनाको पूरै तलब पाउने भएका छन् । तर, वैशाखबाट भने आधा मात्र पाउने सम्भावना छ ।

चैत ११ गतेदेखि लकडाउन गरेपछि कतिपयले आधा त कतिपयले बेतलबी बिदा दिएका थिए । उद्योगीहरूले पनि बन्द अवधिमा पूरै महिनाका तलब खुवाउन नसक्ने बताएका थिए ।

साथै उक्त बैठकमा रोजगारी गुमाएर स्वदेश फर्किएको नेपालीलाई उत्पादनशील उद्यमशिलतामा सहभागी गराउन विशेष योजना तयार गर्ने विषयमा सहमति भएको छ । योजना बनाउन सरकार, उद्योगी तथा व्यवसायीका प्रतिनिधि रहेको कार्यदल गठन गर्ने निर्णय भएको छ ।

‘श्रमिकको तलब कटौती गर्ने सहमति भएको छैन’- संयुक्त ट्रेड युनियन समन्वयन केन्द्र

संयुक्त ट्रेड युनियन समन्वयन केन्द्रले मजदुरहरुको तलब काट्ने विषयमा कुनै सहमति नभएको प्रष्ट पारेको छ।

ट्रेड युनियन र रोजगारदाताबीच लक डाउन अवधिको आधा तलब कटौती गर्न सहमति भएको भन्दै सार्वजनिक भएका सूचना तथ्यहीन भएको समन्वयन केन्द्र जानकारी गराएको हो।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ट्रेड युनियनहरु र रोजगारदाताहरुबीच श्रमिकको तलब कटौती गर्ने विषयमा कुनै पनि सहमति नभएको व्यहोरा यस विज्ञप्तिमार्फत सम्पूर्णमा जानकारी गराउँदै अनाधिकृत समाचारको पछाडि नलाग्न सम्पूर्ण श्रमिक तथा रोजगारदाताहरुमा आह्वानसमेत गर्न चाहन्छौं।’




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.