add

कोरोनाको कारण राजस्वमा प्रभाव देखिन थाल्यो, विराटनगर राजस्वको प्रगति ७१% मात्र






ActPro Nepal

|

७ वैशाख, २०७७

|
812

विराटनगर । कोरोनाको महामारी र लकडाउनको असरका कारण विराटनगरको आन्तरिक राजस्व कार्यालयले लक्ष्यका तुलनामा ७१ प्रतिशत मात्र प्रगति हासिल गरेको छ ।

कार्यालयले साउनदेखि चैत मसान्तसम्मको अर्थात् दोस्रो चौमासिक अवधिमा लक्ष्यको ७१ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको हो ।

चैत मसान्तसम्ममा कार्यालयले ६ अर्ब ८५ करोड ८३ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेकोमा ४ अर्ब ८८ करोड ८२ लाख मात्र असुल गर्न सकेको छ ।

कार्यालयले आयकरतर्फ २ अर्ब २० करोड २६ लाखको लक्ष्यमा १ अर्ब ९० करोड ९६ लाख र मूअकरतर्फ १ अर्ब २६ करोड २० लाखको लक्ष्यमा १ अर्ब ३१ करोड १६ लाख रुपैयाँ उठाएको छ ।

त्यस्तै अन्तःशुल्कतर्फ ३ अर्ब ३७ करोड ९६ लाख को लक्ष्यमा १ अर्ब ६६ करोड ५८ लाखमात्र सङ्कलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा भने दोस्रो चौमासिक अवधिको लक्ष्य पुर्याएको थियो ।

गत आवको चैत मसान्तसम्ममा कार्यालयले ४ अर्ब ४९ करोड १३ लाखको लक्ष्यमा ४ अर्ब ८१ करोड ६८ लाख असुली गरेको थियो ।

कार्यालयका अनुसार उक्त आवमा आयकरतर्फ १ अर्ब ५६ करोड ५७ लाखको लक्ष्यमा १ अर्ब ५२ करोड १७ लाख र मूअकरमा १ अर्ब ०६ करोड ७८ लाखको लक्ष्यमा ९३ करोड ४२ लाख असुली भएको थियो ।

त्यस्तै अन्तःशुल्कमा १ अर्ब ८५ करोड ७७ लाखको लक्ष्यमा २ अर्ब ३१ करोड ८२ लाख सङ्कलन भएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.