add

मेगा बैंकका ग्राहकलाई सामान किन्दा १० प्रतिशतसम्मको आकर्षक छुट






ActPro Nepal

|

५ वैशाख, २०७७

|
899

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले खाद्यान्न लगायतका अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीहरु घरमै बसेर आकर्षक छुटमा खरिद गर्न सक्ने भएका छन् ।

दैनिक उपभोग्य सामाग्रीहरु घरदैलोमै पुर्याउँदै आएको मेरो किराना डटकमले मेगा बैंकका ग्राहकहरुलाई १० प्रतिशतसम्मको आकर्षक छुट दिने सहमति भएको छ । कोरोनाभाइरसले निम्त्याएको देशव्यापी लकडाउनको परिस्थितिका कारण भौतिक बजारहरु पहुँचमा नहुनुका साथै रोग संक्रमणको जोखिमलाई पनि ध्यानमा राख्दै ग्राहकहरुलाई यो सुविधाको व्यवस्था गरेको मेगा बैंकले जनाएको छ । 

जसअनुसार, मेगा बैंकका मोबाइल बैंकिङ तथा डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुले किरानाको अनलाइन तथा एप्स सेवामार्फत अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु अर्डर गरी बिना झन्झट आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन् । यो सुविधा लकडाउनपछि पनि मेगा बैंकका ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.