add

तीन सय रुपैयाँमा 'कोरोना भाइरस बीमा' संक्रमण हुने वित्तिकै दाबी पाउने !






ActPro Nepal

|

४ वैशाख, २०७७

|
770

काठमाडौं । बीमा समितिले कोरोना भाइरस (कोभिड- १९) बीमा लेख जारी गरेको छ।

बीमा समितिले कोरोना भाइरसको संक्रमणबाट हुने क्षति व्यहोर्नका लागि निर्जीवन बीमा कम्पनीहरुलाई तीन सय रुपैयाँ प्रतिव्यक्तिको बीमा गर्न निर्देशन दिएको हो ।

नेपालमा पनि कोरोना भाइरसको सन्त्रास बढ्दै गएको र न्यून आय भएका मानिसहरुको जोखिम बढेकोले जोखिम कम गरी आर्थिक सुरक्षण प्रदानका लागि बीमा समितिले बीमा योजना अघि सारेको हो ।

विहिबार जारी गरिएको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीहरुले बीमाङ्क रकम ५० हजार र एक लाख रुपैयाँ बराबर बीमा लेख जारी गर्न सक्नेछन् ।

यदि बीमाङ्क रकम ५० हजार रुपैयाँ बराबरको बीमा लेख जारी गर्ने हो भने एक जनाको प्रतिव्यक्ति ५०० रुपैयाँ पर्नेछ तर पूरै परिवारको बीमा गराउने हो भने प्रतिव्यक्ति ३०० रुपैयाँमा नै बीमा गराउन सकिने छ ।

त्यस्तै बीमाङ्क रकम एक लाख रुपैयाँको बीमा पोलिसी जारी गर्ने हो भने प्रतिव्यक्ति एक हजार रुपैयाँ र परिवारका सबै सदस्यको बीमा गर्ने हो भने प्रतिव्यक्ति ६ सय रुपैयाँ बीमा शुल्क लिन पाइने छ ।

कम्पनीहरुले कोरोना भाइरस बीमा लेख जारी गर्दा हाल कायम लघुबीमा जस्तै अघि बढाउन समितिले निर्देशन दिएको छ । यो बीमालेख पनि अन्य लघुबिमा जस्तै लघुबिमा पुलमार्फत जारी गर्न सकिने व्यवस्था गरिएको छ ।

समितिले कृषि र घुम्ती बीमा संचालन गर्न तोकिएका जिल्लाहरुका कम्पनीहरुले अनिवार्य रुपमा कोरोना भाइरस बीमा लेख समेत जारी गर्नुपर्नेछ ।

कोरोना भाइरसको बीमा लेखको १५ दिन प्रतिरक्षा अवधि तोकिएको छ । यस अवधि सकिएपछि पीसीआर रिपोर्ट पोजेटिभ देखिएमा बीमितले दावी भुक्तानी प्राप्त गर्नेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.