add

नेप्सेमा भीषण पहिरो,नेगेटिभ सर्किट लागेपछि २० मिनेटका लागि कारोबार स्थगित






ActPro Nepal

|

२७ फागुन, २०७६

|
1183

काठमाडौं ।  मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेगेटिभ सर्किट लागेको छ । 

बजार खुलेको ९० मिनेट जाँदा परिसूचक करिब ७१.०५ अंकले घटेर १३६४.६४ कायम भएको छ । यो गिरावट ५.०२ प्रतिशत हो । ।

५.०२  प्रतिशतले नेप्से घटेपछि नेप्सेले नेगेटिभ सर्किट लगाउँदै २० मिनेटका कारोबार स्थगन गरेको हो ।  अघिल्लो साता एकैदिनमा २ पटक सर्किट ब्रेकर लागेर सेयर कारोबार नै बन्द भएको थियो ।

अन्तराष्ट्रिय बजारमा सेयको मूल्य ४.९ प्रतिशतको गिरावट देखिएको छ । सोहि लयलाई पछ्याउँदै नेपालको सेयर मार्केट पनि ओरालो लागेको जस्तो देखिएको छ ।

कतिबेला लाग्छ नेगेटिभ सर्किट ?

सेयर बजार परिसूचक(नेप्से)मा कारोबार सुरु भएपछि भीषण पहिरो गयो भने गिरावटको प्रतिशतका आधारमा सर्किट ब्रेकर लगाई बजारलाई नियन्त्रण गर्ने परिपाटी चलिआएको छ । 

नेप्सेले कुनै पनि कारोबार दिनमा बजार खुलेको पहिलो एकघण्टाभित्र बजार परिसूचक(नेप्से इण्डेक्स) ४ प्रतिशतले घट्यो भने सर्किट लगाई २० मिनेटका कारोबार रोक्ने गर्दछ । 

बजार खुलेको दोश्रो घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले घट्यो भने पुनः सर्किट लगाई ४० मिनेटका लागि कारोबार रोकिन्छ । र, त्यसपछि पनि गिरावटको क्रम निरन्तर रह्यो र बजार ६ प्रतिशतले घट्यो भने कारोबार रोकी सो दिनको बाँकी अवधिको कारोबार पूर्ण रुपमा बन्द गरिन्छ । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.