add

भारतमा बजेट भाषण : नेपाललाई दिइने सहयोगमा ३३ प्रतिशतले कटौती






ActPro Nepal

|

१८ माघ, २०७६

|
1588

भारत– भारतले चालू आर्थिक वर्षका लागि नेपाललाई दिने अनुदानमा कटौती गरेको छ ।

भारतको संघीय सरकारको आर्थिक वर्ष २०२० र २१ को बजेटको भाषणमा  नेपाललाई दिइने अनुदान घटाइ ८ अर्ब भारुमा झारिएको जनाइएको छ ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणद्वारा शनिबार संसदमा पेश गरिएको बजेटमा   नेपाललाई दिइने सहायता  अनुदानमा करिब ४ अर्ब भारूले कटौती गरेकी छिन् ।

गत वर्षका तुलनामा भारतले दिने सहयोगमा ३३ प्रतिशतले कटौती गरिएको हो ।

गत वर्ष २०१९ र २० को मध्यावधि बजेटमा नेपालका लागि १२ अर्ब भारुका सहयोग स्वीकृत गरिएको थियो । त्यसअघि गत वर्षको पहिलो पूर्ण बजेटमा १० अर्ब ५० करोड भारु सहयोग दिने प्रस्तावित थियो ।

नेपाललाई दिइने सहयोग घटाइए पनि भुटानलाई दिइने सहयोगमा भने भारतले वृद्धि गरेको छ । भुटानलाई २८ अर्ब ८४ करोड ६५ लाख भारु सहयोग प्रदान गरिने बजेटमा प्रस्ताव गरिएको छ । यो गत वर्षको भन्दा करिब ८ प्रतिशत बढी हो ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भारतीय संसदमा आव २०२०र२१ का लागि २६९ खर्ब ८५ अर्ब भारुको बजेट पेश गरेकी छिन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.