add

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा.धनन्जय रेग्मी नियुक्त






ActPro Nepal

|

१५ माघ, २०७६

|
1160

काठमाडौ पर्यटन बोर्डको    प्रमुख कार्यकारी अधिकृतमा डा. धनन्जय रेग्मी नियुक्त भएका छन् । म‌गलबार बोर्डका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका सचिव केदरबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले रेग्‍मीलाई नियुक्ति गरेको हो।

बोर्डले संचालक समितिमा पठाएको सूचीमा धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐर रहेकोमा सबैभन्दा धेरै अंक ल्याएका रेग्मीलाई सर्वसम्मत रुपमा नियुक्त गरेको हो ।

निवर्तमान दीपकराज जोशीको कार्याकाल सकिएपछि गत मङ्सिर १८ गते विज्ञापन खुलाइएको थियो । विज्ञापनपछि १७ जनाले आवेदन दिएका थिए । रेग्मी नेपालको हिमाली भू-वैज्ञानिक  र हिमनदी विज्ञका रुपमा चिनिन्छन्। उनको कार्यकाल चार वर्षको रहने छ।

रेग्मी सन् २००७ देखि सोसाइटी फर इकोलोजिकल रेस्टोरेशन नेपालको अध्यक्षका रुपमा मौसम परिवर्तन र इकोलोजी रेस्टोरेशनका लागि काम गरिरहेका हिमालय रिसर्ज सेन्टरका अध्यक्ष हुन् ।

उनले अर्थ साइन्समा जापानबाट विद्यावारिधि गरेका छन् भने अमेरिकी विश्वविद्यालयमा पनि अध्ययन गरेका छन् । उनले भूगोल विषयको शिक्षकका रुपमा बुढानिलकण्ठ स्कूलमा अध्यापन गराएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.