add

लिम्बू समुदायको संस्कृतिमा आधारित लघुचलचित्र ‘खेदा’ सार्वजनिक (भिडियो)






ActPro Nepal

|

२४ असार, २०७८

|
2446

काठमाडौं । लिम्बू समुदायको विवाह तथा पालाम संस्कृतिमा आधारित लघुचलचित्र ‘खेदा’ अर्थात ‘कथा’ सार्वजनिक भएको छ।

चलचित्र लिम्बु समुदायको विवाह तथा पालाम संस्कृतिमा आधारित छ । विवाहको संस्कृतिलाई बुझाउन खोजिएको लघु चलचित्रमा लिम्बु जातिको धाननाचलाई पनि प्रस्तुत गरिएको छ ।

भिडिओमा पटकथा तथा संवाद देवेन्द्र खापुङ सुर्केलीको छ । यो लघुचलचित्रको मुख्य भूमिकामा रुकमान लिम्बु र सबनम लिम्बुको अभिनय छ । साथै यासेली योङहाङ लिम्बु, मनु थक्लुङ लिम्बु, नैनाकला आङदेम्बे नाम्लिङ अख्राबो लिम्बु, निर्मला तावा, नितुरानी नेम्वाङलगायतले पनि अभिनयमा साथ दिएका छन् ।

यो चलचित्रमा याक्थुङ केलाङ समूह र फेदाप केलाङ समूहको च्याब्रुङ नृत्य रहेको छ भने बुद्ध थापाको छायांकन छ ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.