nuwaot motsav

धुमको चौथौ सिरिज चाँडै आउदै




ActPro Nepal

41

2021 Jan 05

काठमाडौं। बलिउडमा सबै भन्दा चर्चामा रहेको धुम चलचित्रको चौथो सिरिज बन्ने भएको छ। सन् २००४ मा सुरू भएको फिल्मको सिरिजले बक्स अफिसमा थुप्रै रेकर्ड तोड्दै आएको थियो। यसको सिरिज ४ पनि धेरैको पर्खाइको विषय बनेको छ।

धुम-४ मा उदय चोपडा र अभिषेक वच्चन प्रमुख भूमिकामा हुनेछन्। यसअघिका सबै सिरिजमा पनि उनीहरूको नै मुख्य भूमिका थियो। अब चौथो सिरिजमा पनि उनीहरू मुख्य भूमिकामा हुने भएपछि भिलेन को बन्दै छ? भन्ने चासोको विषय बनेको छ।

यसको भिलेनको भूमिकामा शाहरुख खान र रणवीर सिंहलगायतका चर्चित सेलिब्रेटीको नाम चर्चामा थियो। तर, अहिले भने यस भूमिकामा अभिनेत्री दीपिका पादुकोण रहने बताइएको छ।

दीपिका महिला भिलेनको रूपमा देखिनेछिन्। दीपिका उक्त फिल्ममा एक स्टाइलिस चोरको रूपमा देखिने बताइएको छ।

धुमको पहिलो सिरिज सन् २००४ मा रिलिज भएको थियो जसमा भिलेनको भूमिकामा जोन अब्राहम थिए। त्यस्तै २००६ मा धुम-२ बनेको थियो। जसमा ऋतिक रोशन र ऐश्वर्या रायलाई कास्ट गरिएको थियो। त्यसपछि धुम-३ लामो समयपछि आयो। जसमा आमिर खान मुख्य भूमिकामा थिए। उनले भने धुम नै मच्चाएका थिए।




शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया