add

भिडियो नवीन पौडेलले ल्याए भ्रष्टाचार विरोधी गीत, "लेउ खुकुरी लेउ" सार्वजनिक






ActPro Nepal

|

५ मंसिर, २०७७

|
1381

काठमाडौ । भ्रष्टाचारकाे विषय नेपाली समाजमा निकै पेचिलाे थियाे, र अझै याे क्रम जारी छ ।

देशमा भ्रष्टाचार राेकिएकाे छैन, अझ माैलाउँदै र झाँगिदै गएकाे छ । ठूलाठूला भ्रष्टाचार कान्डहरू देशमा खुलेरै भइरहेका छन् र त्यसमा कारबाही गर्नुपर्ने निकायहरू लगभग माैन छन् । यसै वस्तुतथ्यलाइ ध्यानमा राखेर नवीन पाैडेलले नयाँ गीत ल्याएका छन् ।

सहनुको पनि सीमा हुन्छ, कति सहने कति चुप लागेर बस्ने जनता, राेग भोक शोकले आक्रान्त छन् तर सुनिदिनु पर्ने निकायले सुन्दैन, बोल्ने बोल्दैनन् । यस्तै अवस्था रहे समाजमा फेरि हिंसाको बिजारोपण नहोला भन्न सकिन्न ।

नागरिकले असन्तुष्टि ज्वाला ओकल्नु अघि नै सरोकारवालालाई सचेत गराउन चर्चित गायक नवीन पौडेलले ‘लेउ खुकुरी लेउ’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् ।

गायक पौडेलकै शब्द, संगीत समेत रहेको गीतमा बिग्रिएका दलहरुलाई सच्चिन आग्रह गरिएको छ भने मुलुकलाई सकारात्मक परिवर्तन गराउने योद्धाको खोजी गरिएको छ ।

गीतमा विभिन्न समयमा भएका ठूला भ्रष्टाचार काण्डको उजागर गर्दै नागरिकको दबिएको आवाजलाई आफूले मुखरित गरेको गायक पौडेलले बताए ।

प्रसाद, प्रिन्च अबिरल, चन्द्रिका ओझा, सपन सुमन, सुनिता सुनल लगायतको कोरोस गायन रहेको गीतको एरेन्ज केशव बाबुले गरेका हुन् ।

गीतको भिडियोमा विष्णु भट्टराई, किरण तुलाचन, परी शर्मा, गीता केसी, यमन अर्याल, कल्पना पाण्डे, सगुन शर्मा, पुष्प बरालको अभिनय छ । भिडियो छायाँकन, सम्पादन तथा निर्देशक विष्णु भट्टराईले गरेका हुन् ।

प्रायः स्टेज सो हरुमा दर्शकलाई नाच्नका लागि जुरुक जुरुक पार्ने गायक पौडेलले यस गीत मार्फत भने आफूजन्मेकाे माटो प्रतिको माया र स्नेहलाई सम्हादै देश विकासको लागि आह्वान समेत गरेका छन् ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.