add

भेस्पा स्कुटरको नयाँ सोरुम बिराटनगरमा, विशेष उद्घाटन अफर र टेस्ट ड्राइभ क्याम्प घोषणा






ActPro Nepal

|

४ फागुन, २०८१

|
25

काठमाडौं । नेपालका लागि भेस्पा/अप्रिला स्कुटरको आधिकारीक बिक्रेता डेल्टा अटोकर्प प्रा. लि.ले यही फागुन २ गतेदेखि कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका वडा नं ३ बरगाँछीमा गौरव अटो सेन्टर मार्फत भेस्पा/अप्रिला को नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

विराटनगर क्षेत्रमा बढदै गएको भेस्पा/अप्रिला स्कुटरको मागलाई मध्यनजर गरी नयाँ डिलरशीप सुरु गरिएको कम्पनीले जनाएको छ । गौरव अटो सेन्टरका प्रोप्राईटर गौरव सिंह, रुपेश कोइराला र विनय राठीले संयुक्त रुपमा नयाँ शोरुमको उद्घाटन गरेका थिए ।

विराटनगरको बरगाछीँमा अवस्थित गौरव अटो सेन्टरको यस भेस्पा/अप्रिला स्कुटरको डिलरबाट ग्राहकले विश्वस्तरीय भेस्पारअप्रिला स्कुटरको सेल्स, सर्भिस र स्पेयर पार्टस् साथै एक्सचेन्ज तथा अन द स्पट फाइनान्सिङ्गको सुबिधा समेत प्राप्त गर्नेछन ।

शोरुमको शुभारम्भ गर्दै गौरव सिंहले ग्राहकहरु माझ बढ्दै गएको भेस्पारअप्रिला को लोकप्रियतालाई मध्यनजर गर्दै विराटनगरमा नयाँ शोरुम सोरुम खोल्न पाउँदा अत्यन्तै उत्साहित भएको र ग्राहकहरुको बढ्दो मागलाई सम्बोधन गर्दै निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न गौरव अटो सेन्टर प्रतिबद्ध रहेको जानकारी गराए ।

सोरुम उद्घाटनको अवसरमा फाल्गुन महिनाभरी बिराटनगर शोरुममा शोरुम ओपेनिंग अफर सञ्चालन गरेको छ । सो अफर अन्तर्गत ग्राहक एवम् उपभोक्ताहरूले भेस्पारअप्रिला स्कुटर बुक/खरिद गर्ने ग्राहकहरूले रु. १० हजार क्यास डिस्काउन्ट प्राप्त गर्नेछन । साथै, एक्सचेन्ज गर्ने ग्राहकहरूले आफ्नो पुरानो टु ह्वीलरको उत्कृष्ट एक्सचेन्ज भ्यालु सँगै थप रु. १० हजार अतिरिक्त भ्यालुएसन पाउन सक्नेछन् । साथै हरेक स्कुटरको खरिदमा भेस्पारअप्रिला को ब्रान्डेड हेल्मेट तथा किरिङ्क प्राप्त गर्नेछन । यस फाल्गुन महिना भरिमै टेस्ट ड्राइभ गर्ने ग्राहकहरूले विशेष गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.