काठमाडौं । थप फिचर्स, थप प्रविधि, अत्याधुनिक डिजाइन र आकर्षक कलरको साथ पुरानै मूल्यमा टियागो ईभी २०२५ मोडलको डेलिभरी सुरु भएको छ ।
भारतको अग्रणी विद्युतीय सवारी साधन निर्माता टाटा मोटर्सले सिप्रदी ट्रेडिङ प्रालिसँगको सहकार्यमा नेपालमा टियागो ईभी २०२५ को बुकिङको साथै डेलिभरी सुरु गरेको छ । उच्च कार्यक्षमता, अत्याधुनिक डिजाइन, प्रयोगकर्ता-मैत्री सुविधा एवम् अन्य धेरै नयाँ डिजिटल विशेषताको साथ टियागो ईभी २०२५ मोडल पुरानै सुरुवाती मूल्य २७ लाख ४९ हजार रुपैयाँमा नेपालमा आएको छ ।
टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खंडेलवालका अनुसार नेपालमा टाटाका सवारीसाधनहरूको भव्य सफलताले २०२५ टियागो ईभी प्रस्तुत गर्न उत्प्रेरित गरेको हो ।
टाटा टियोगो इभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङ्गका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ । त्यसैले टाटा मोटर्स पूर्ण आशावादी छ कि २०२५ टियागो ईभीले आफ्नो बिरासत कायम राख्दै बिगतझैँ नेपालकै सबैभन्दा बढी बिक्री हुने विद्धुतीय ह्याचब्याक बनिरहने छ उनको दाबी छ।
सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठको अनुसार टियागो ईभी नेपाली बजारमा सर्वाधिक लोकप्रिय विद्धुतीय ह्याचब्याकको रुपमा स्थापित भइसकेको छ । यसमा सबैभन्दा सुरक्षित, सरल, एवं आरामदायी ढंगले नेपालको सहरी क्षेत्रमा यात्रा गर्न सक्ने हुनाले यो सफलता सम्भव भएको हो । यसको नँया मोडेल २०२५ टियागो ईभी पनि आधुनिक रंग, डिजाइन, प्रविधि र सुरक्षाको दृष्टिकोणले अझ बढी अब्बल छ । ‘हामीलाई पूर्ण विश्वास्त छ कि यसले धेरै भन्दा धेरै नेपाली ग्राहकहरुको माया र विश्वास जित्नेछ,’ उनले भने ।
कम्पनिको अनुसार नंया टियागो।इभी २०२५ मोडलमा ग्राहकहरुले २६.०३ से.मी.को फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम लगायत वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेको सुविधा लिन सक्नुहुन्छ। सुरक्षाको दृष्टिकोणले दुइटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, र हिल होल्ड कन्ट्रोल जस्ता विशेषताहरु यसमा छन् । टियागो ईभीमा आइपीसिक्स सेभेन रेटेड (IP67 rated) ब्याट्री प्याक समावेश गरिएको छ । जस कारणले नेपालको जस्तोसुकै भूगोलमा पनि बिना कुनै झन्झट उत्कृष्ट ढंगले कार्य गर्नेछ । साथै कूल्ड ग्लोभबक्स, क्रुज कन्ट्रोल, र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरुले एक विल्कुलै आरामदायी यात्राको अनुभव प्रदान गर्छ । यो गाडी स्लिक एलइडी हेडल्याम्प, डिएलआर, र आर १४ हाइपरस्टाइल ह्विलले सुसज्जित छ, जसको कारण गाडी “स्पोर्टी” र अत्याधुनिक देखिन्छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।