add

दशैंमा ४३३ गन्तव्यको बसको टिकट अनलाइनबाटै काट्न मिल्ने






ActPro Nepal

|

८ असोज, २०८१

|
81

काठमाडौं । बससेवा डटकमले दशैंका लागि ४३३ गन्तव्यको टिकट बुकिङ अनलाइनबाटै गर्न सकिने व्यवस्था मिलाएको छ ।कम्पनीले दशैंको समयमा यात्रुहरू सहजता र सुविधालाई मध्येनजर गर्दै अनलाइनबाटै टिकट बुकिङ गर्न सक्ने व्यवस्था मिलाएको हो ।

बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालका अनुसार ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि बससेवाबाट टिकट काट्न सकिने बताए । उनले दैनिक ४२ हजारभन्दा बढी संख्यामा टिकट बुकिङ गर्न सकिने बताए ।

प्रत्येक वर्ष दशैंमा बससेवाले टिकटको संख्या बढाउँदै लगेको छ । यस वर्ष पनि दैनिक टिकटको कोटा बढाउने तयारी भइरहेको खनालले जानकारी दिए । ‘बुकिङ खुलेपछि टिकटका लागि बसपार्क वा काउन्टरमा जानुपर्ने बाध्यता हटोस् भन्ने हाम्रो चाहना हो,’ खनालले भने, ‘अनलाइनबाट टिकट काट्दा बस र सिटसमेत छान्न पाउने भएपछि यात्रु र दोहोरो टिकटको विवाद आउने छैन ।’

बससेवाले अहिले काठमाडौंबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुर लगायत गन्तव्यमा र पोखराबाट नेपालका सबै प्रमुख सहरहरूमा अग्रिम टिकट काट्न सकिने व्यवस्था गरिसकेको छ ।

बससेवाले आफ्नो प्लेटफर्ममार्फत् टिकट काट्ने यात्रुमध्ये हरेक दिन केही यात्रुलाई आकर्षक अफर दिने तयारी गरिरहेको जानकारी दिएको छ ।

बससेवाले सडकमा सवारी चापको समस्यालाई ध्यानमा राखेर यात्रु व्यवस्थापनका लागि काठमाडौंको कलंकीमा प्यासेन्जर लाउन्ज समेत सञ्चालनमा ल्याइसकेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.