काठमाडौं । सहकारी ठगी प्रकरणमा गितेन्द्रबाबु (जीबी)राईसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ ।
शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पहिलो चरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।
उनीहरु विरुद्ध पूरक अभियोग दर्ता भएको हो । १९ जना विरुद्ध यसअघि नै १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको थियो ।
आज थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित अभियोग दर्ता भएको हो । योसंगै कुल बिगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ बिगो पुगेको छ ।
थप अभियोग दर्ता जीबी, भूपेन्द्र राई, थानबहादुर बुढा, कैलाशकुमार दर्लामी, धीरजकुमार दास, कुमार रम्तेल, हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराई रहेका छन् ।
त्यस्तै, अनुज नकर्मी, सुरज श्रेष्ठ, शिवबहादुर गुरुङ, भविश्वर अर्याल, आइस्मा गुरुङ, सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, सृष्टि मानन्धर, बुद्धि गुरुङविरुद्ध पनि थप अभियोग दर्ता भएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमै हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेसहित छवि जोशी, रामबहादुर खनाल, लिला पछाईं र कृष्ण गुरुङ विरुद्ध भने आइतबार (आज)मात्रै मुद्दा दर्ता हुने सरकारी वकिल कार्यालयले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।