add

टाटा मोटर्सले ल्यायो उत्साह, उमङ्गको दसैँ योजना






ActPro Nepal

|

१४ भदौ, २०८१

|
159

काठमाडौं । नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले यो वर्षको दसैँलाई लक्षित गर्दै ग्राहकहरूको उत्साह, उमङ्ग अनि हर्ष उच्च राख्न विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ। यसअन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद गर्दा होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेजमध्ये एक रोजेर लिन सक्ने कम्पनीले जनाएको छ।

होम अप्लायन्सअन्तर्गत वासिङ्ग मेसिन, फ्रिज, एसी, टिभी, माइक्रो वेभ छन् भने ग्याजेटअन्तर्गत आईफोन, एयरपड, म्याकबुक, एपल वाच प्राप्त गर्न सकिन्छ। यस्तै टुर प्याकेजअन्तर्गत मरिसस, ब्याङ्कक, मलेसिया, दुबई वा युरोप रहेका छन्। यस्तै बुकिङ्ग गराउँदा पनि ग्राहकहरूले स्मार्ट वाच वा इयरबड प्राप्त गर्न सक्नेछन्।

यो योजना टाटाको ट्रक, टिपर, बस, मिनि ट्रक, मिनि टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिकजस्ता गाडीहरूको खरिदमा लागू हुने र आफूले खरिद गरेको गाडीअनुसार विभिन्न योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।

सिप्रदी ट्रेडिङ्ग कमर्सियल भेहिकल बिजनेस युनिटका सिनियर जेनरल म्यानेजर अनुपमणि ढकालका अनुसार सिप्रदी आफ्ना ग्राहकहरुको उत्साहलाई बढाइराख्न र उनीहरुको व्यवसायमा सकारात्मक भूमिका निर्वाह गर्न सदा क्रियाशील छ।

हरेक वर्षझैँ यो वर्ष पनि ग्राहकहरूको तर्फबाट अफरसम्बन्धी सकारात्मक प्रतिक्रिया आएको उनले बताए। उनका अनुसार यो योजना असोज १४ गते सम्म लागू हुनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.