add

जनकपुर भन्सारले १८५ वटा मोटरसाइकल लिलामी गर्दै, मूल्य साढे १२ हजारदेखि (मूल्यसहित)






ActPro Nepal

|

२४ फागुन, २०८०

|
168

काठमाडौं । जनकपुर भन्सार कार्यालयले १८५ यूनिट मोटरसाइकल लिलामीमार्फत बिक्री गर्ने भएको छ ।

भन्सार कार्यालयले विभिन्न समयमा भन्सार छली, चोरी पैठारी गरी ल्याइएका १८५ थान मोटरसाइकल लिलामी गर्न लागेको हो ।

कार्यालयले हाल प्रयोग गर्न सकिने खालका ६१ वटा र पुनः सवारीसाधनको रुपमा प्रयोग गर्न नमिल्ने (स्क्र्याप गर्नुपर्ने) १२४ थान गरी कुल १८५ थान मोटरसाइकल लिलामीमा ल्याएको हो ।

इच्छुक खरिदकर्ताले २१ दिन भित्र आफूले लिन चाहेको सवारीसाधन र मूल्य तोकी गोप्य शिलबन्दीमार्फत आवेदन दिनुपर्नेछ ।

खरिदकर्ताले आफूले कबोल गरेको मूल्यको १० प्रतिशत रकम राष्ट्रिय वाणिज्य बैंक, जनपुरमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको खातामा जम्मा गर्नुपर्नेछ ।

भन्सारले प्रयोग गर्न मिल्ने मोटरसाइकलको मूल्य मोडल अनुसार न्यूनतम साढे १२ हजारदेखि ९० हजार रुपैयाँसम्म तोकेको छ । स्क्र्याप गर्नुपर्ने १२४ थानको एकमुष्ट ७ लाख ५० हजार रुपैयाँ तोकेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.