काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘ग्लोबल अटो लोन’ योजना ल्याएको छ । बैंकले गाडी किन्न चाहने ग्राहकलाई लक्षित गर्दै यो योजना ल्याएको हो ।
बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहकले १०.४९ प्रतिशत ब्याजदरमा गाडी किन्न ऋण पाउने छन् । ग्राहकले ७ वर्षसम्मका लागि ऋण पाउने छन् । उक्त ऋणको ब्याज स्थिर रहने छ । अर्थात् ७ वर्षसम्म एउटै ब्याजदर रहने छ ।
बैंकका अनुसार विद्युतीय सवारी साधन (ईभी) किन्न २० प्रतिशत डाउन पेमेन्ट र कम्बस्चन गाडी किन्न ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ । अर्थात् गाडीको मूल्यका आधारमा बैंकले ईभीमा मूल्यांकनको ८० प्रतिशतसम्म र इन्धन गाडीको हकमा ५० प्रतिशतसम्म ऋण दिनेछ ।
बैंकका अनुसार २१ वर्ष पूरा भएका जो कोही नेपाली नागरिकले उक्त ऋण सुविधा पाउने छन् । ऋण लिने ग्राहकको नियमित आम्दानीको स्रोतका साथै राम्रो क्रेडिट इतिहास भएको हुनुपर्नेछ ।नियमित तलब पाउने व्यक्ति, स्वरोजगार भएका व्यक्तिहरूले ऋण पाउने छन् ।
ऋण लिन इच्छुक ग्राहकले बैंकका कुनै पनि शाखामा आवश्यक कागजातसहित गई वा बैंकको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।