add

बजाज पल्सरको ‘१०० एनएस राइड’






ActPro Nepal

|

८ फागुन, २०८०

|
147

काठमाडौं । बजाज पल्सरले ‘१०० एनएस राइड’ सम्पन्न गरेको छ। कम्पनीले सय वटा बिरुवा रोप्ने उद्देश्यको साथ सगरमाथा र जनकपुर क्षेत्रका ग्राहकलाई समेटेर १०० एनएस राइड आयोजना गरेको हो।

कम्पनीले विश्व सिमसार दिवसको अवसर पारेर गरेको एनएस राइड कार्यक्रममा उदयपुर कटारीमा रहेको सिसाघारी सिमसार क्षेत्रमा सयभन्दा धेरै फलफूलको बिरुवा वृक्षारोपण गरेको हो।

सयभन्दा धेरै एनएस ग्राहक सहभागी यो राइडमा जनकपुर, धनुषाधाम, यदुकुवा, जलेश्वर, मिर्चैया, गोलबजार, राजविराज, बर्दिबास, गाइघाट, लहानलगायतका विभिन्न स्थानका राइडरहरू सहभागी रहेका थिए। कार्यक्रममा सहभागी सबै राइडरहरूले उत्साहका साथ वृक्षारोपण गर्नुका साथै विभिन्न मनोरञ्जनात्मक खेलहरूमा भाग लिएका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.