add

चौधरी ग्रुपले लग्यो हिरोको आधिकारीक बिक्रेता






ActPro Nepal

|

९ माघ, २०८०

|
160

काठमाडौं । तीन दशकभन्दा लामो समयदेखि ज्योति समूहले बिक्री गर्दै आएको भारतीय अटोमोवाइल ब्राण्ड हिरोको आधिकारिक बिक्रेताको अधिकार चौधरी समूहले हात पार्न सफल भएको छ । 

हिरो मोटरसाइकल र स्कुटरको निर्माता भारतीय कम्पनी हिरो मोटोकर्पले नेपालका चौधरी ग्रुप अन्तर्गतको सीजी मोटोकर्पलाई आधिकारिक डिष्ट्रिब्युटर्स नियुक्त गरिएको जानकारी गराएको हो ।

हिरोले नेपालमा सन २०१४ देखि प्रवेश गरि दुई पांग्रे मोटरमा राम्रो बजार हिस्सा ओगट्दै आएको थियो । हिरोका सुपर स्प्लेण्डर र एक्स प्लस २०० मोटरसाइकल नेपालमा रुचाईएका प्रडक्ट हुन् ।

हिरोको आधिकारिक बिक्रेताको उपलब्धि हासिल गरेपछि चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘विश्वव्यापी रुपमै स्थापित हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक वितरकको मान्यता पाएको सुनाउँन पाउँदा हामी अत्यधिक खुसी भएका छौं । यो सहकार्यले बजार विस्तार तथा हिरोका नयाँ उत्पादनहरुको प्रवर्द्धनमा ठूलो महत्व राख्नेछ । हिरो मोटोकर्पको अटोमोबाइल बजारमा पुनः प्रवेश र हिरोसँगको सहकार्यले बजार हिस्सा बढाउने नै छ । हामीसँग स्थानीय बजारको राम्रो ज्ञान छ, हामी निकट भविष्यमै हिरोको एसेम्बल प्लान्ट पनि स्थापना गर्नेछौं । यो सहकार्यले हिरोको नेपाली बजारमा रहेको उपस्थितिलाई थप बजबुत बनाउनेछ ।’

हिरो मोटोकर्पका ग्लोबल बिजनेश हेड सञ्जय भानले पनि सीजी मोटोकर्पसँगको सहकार्यले नेपालमा हिरोका उत्पादनहरुको रिब्राण्डिङसहित बजार हिस्सा समेत बढ्ने अपेक्षा व्यक्त गरेका छन् । ‘हामी चौधरी ग्रुपसँगको सहकार्यबाट उत्साहित भएका छौं, चौधरी समुहको अनुभव, बजारिकरणको नेटवर्कले हिरोलाई नेपालमा थप शसक्त बनाउनेछ । नेपाल हाम्रा लागि सधै महत्वपूर्ण बजारका रुपमा रहँदै आएको छ, अब पनि नयाँ नयाँ प्रडक्टहरु बजारमा उपलब्ध गराउनेछौं । यो सहकार्यलाई अझ बलियो र सशक्त बनाउँदै लगिनेछ ।’

हिरो मोटोकर्पले सीजी मोटोकर्पसँगको सहकार्यमा नेपालमा अत्याधुनिक एसेम्बल प्लान्ट निर्माण गर्नेछ । नवलपुरमा निर्माण हुने एसेम्बल प्लान्टबाट बार्षिक ७५ हजार मोटरसाइकल तथा स्कुटरहरु उत्पादन हुनेछन् । एसेम्बल प्लान्ट सन २०२४ कै मार्चबाट सुरु हुने पनि दुई कम्पनीहरुबीचको समझदारीपत्रमा उल्लेख छ ।

हिरोले नेपालमा इन्ट्री लेभलदेखि प्रिमियम सेगमेन्टका मोटरसाइकल तथा स्कुटरहरु उपलब्ध गराउँदै आएको छ । हिरोले एक्सप्लस २००, एक्सप्लस २०० टी, एक्सट्रिम १६० आर, एक्सट्रिम २००आर, सुपर स्प्लेण्डर, ग्ल्यामर लगायतका मोटरसाइकल बेचिरहेको छ । त्यस बाहेक डेस्टिनी १२५, मएस्ट्रो एड्ज र प्लेजर स्कुटर बेचिरहेको छ । हिरोले तत्कालै भिडा भीआई इलेक्ट्रिक स्कुटर पनि ल्याउने तयारी गरिरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.