काठमाडौं । बिहीबार सुनको भाउ ऐतिहासिक विन्दुमा पुगेको छ । बिहीबार सुनको भाउ एकै दिन ५ हजार ७०० रुपैयाँले बढेसँगै ऐतिहासिक विन्दुमा पुगेको हो ।
बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार १०० रुपैयाँ कायम भएको छ । जबकि बुधबार १ लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ । चाँदि प्रतितोलामा ६५ रुपैयाँले बढेर १ हजार ९०० रुपैयाँ कायम भएको छ । बुधबार १ तोला चाँदीको मूल्य १ हजार ८३५ रुपैयाँमा कारोबार थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार १२५.६३ अमेरिकी डलर र चाँदी ३१.१८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।