काठमाडौं । बीवाईडीले ललितपुरको पुलचोकमा नयाँ शोरुप सञ्चालनमा ल्याएको छ । आधिकारिक वितरकको रुपमा इको ड्राइभ अटोमोबाइल प्रालिले बुधबार उक्त शोरुम सञ्चालनमा ल्याएको हो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उक्त शोरुमको उद्घाटन गरे । अत्याधुनिक शोरुममा नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी बीवाईडी एट्टो ३ र भर्सटाइल बीवाईडी डल्फिन लगायतका विभिन्न अत्याधुनिक इलेक्ट्रिक सवारी साधन हुनेछन् र ग्राहकले त्यहाँ ती सवारी साधनमार्फत अद्वितीय अनुभव प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
विश्वको नम्बर १ न्यु इनर्जी भेइकल सेल्स च्याम्पियनको रुपमा बीवाईडीले अटोमोटिभ उद्योगमा क्रान्तिकारी परिवर्तन गर्न नेतृत्व गरिरहेको कम्पनीको दाबी छ । ललितपुरमा उद्घाटन गरिएको नयाँ शोरुमले पनि विश्वव्यापी रुपमा दिगो मोबलिटी समाधान प्रदान गर्ने बीवाईडीको प्रतिबद्धतालाई उजागर गर्ने कम्पनीले जनाएको छ ।
शोरुम उद्घाटनको अवसरमा नेसनल सेल्स हेड प्रकाश तुलाधरले आफ्नो उत्साह बाँड्दै भने, ‘ललितपुरमा यो नयाँ शोरुमको उद्घाटनसँगै नेपालमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा हामी हर्षित छौं । यो सुविधाले हाम्रा अत्याधुनिक विद्युतीय सवारी साधनहरू प्रदर्शन गर्ने प्लेटफर्मको रूपमा मात्र काम गर्दैन, यस क्षेत्रमा दिगो यातायात अभ्यास प्रवर्द्धन गर्न एक हबको रूपमा समेत कार्य गर्दछ ।’
बीवाईडीको विस्तार रणनीतिमा यो एक महत्वपूर्ण कोसेढुङ्गा भएको जनाउँदै कम्पनीले विद्युतीय सवारी साधन प्रविधिमा भएको नवीनतम प्रगति र दिगो यातायातको लागि आफ्नो बलियो प्रतिबद्धतालाई प्रमाणित गरेको जनाएको छ ।
सम्भावित खरिदकर्ता र ग्राहकहरुका लागि यसले ‘वान स्पट सोलुसन’ प्रदान गर्ने कम्पनीले जनाएको छ । जहाँ एक्सचेन्ज, फाइनान्सिङका साथै फास्ट चार्जिङ स्टेसन समेत उपलब्ध हुनेछ । यसले बीवाईडीको पहुँचयोग्य र दक्ष चार्जिङ पूर्वाधार उपलब्ध गराउने प्रतिबद्धतालाई समेत प्रमाणित गरेको कम्पनीले जनाएको छ ।
आगामी दिनमा छिट्टै ललितपुर क्षेत्रमा एक समर्पित ग्राहक सेवा केन्द्रको समेत स्थापना गरिने जनाउँदै कम्पनीले विद्युतीय सवारी साधन प्रयोग गर्न चाहने ग्राहकहरुका लागि आवश्यक जानकारी र सहयोग प्रदान गर्न तालिम प्राप्त कर्मचारीहरु रहने छन् ।
यो नयाँ शोरुम सहित बीवाईडीका अब नेपालभर १२ शोरुम, ९ सर्भिस सेन्टर र १५ चार्जिङ प्वाइन्ट पुगेका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।