add

बतास ट्र्याक्टरको व्यापारमा मन्दी, एकै वर्ष ५० करोडले घट्यो कारोबार






ActPro Nepal

|

२३ पुष, २०८०

|
151

काठमाडौं । बतास ट्र्याक्टरको व्यापार खस्किएको छ । बतास अर्गानाइजेशनद्वारा सञ्चालित कम्पनीको व्यापार एकै वर्ष ५० करोड ४० लाख रुपैयाँले घटेको हो । 

गत सन् २०२२ मा कम्पनीले ७६ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । तर, सन् २०२३ भने भने ६६.१४ प्रतिशतले घटेर २५ करोड ८० लाख रुपैयाँ कायम भएको छ । विशेषगरि आर्थिक मन्दीका कारण कम्पनीको व्यापारमा गिरावट आएको हो । 

कम्पनीले निर्माण सम्बन्धी सामग्री बिक्री वितरण गर्दै आएको छ । कम्पनी क्याटरपिलर निर्माण सामग्री, गोदरेज सामग्री र प्रोपेल–ब्रान्डेड सामग्रीको आधिकारिक बिक्रेता हो । कम्पनीमा ५ जनाको लगानी छ ।  आनन्दराज बतास र शान्त राज बतास र उनका परिवारको सदस्य गरी ५ जनाको स्वामित्व छ । जसमा आनन्दराज र शान्त राज बतासको ६१ प्रतिशत स्वामित्व छ । कम्पनीले सन् २०१७ देखि क्याटरपिलर निर्माण सामग्री बिक्री गर्दै आएको छ । यस्तै सन् २०१८ मा गोदरेज सामग्री र सन् २०२० देखि पोप्रोल प्रडक्ट बिक्री वितरण गर्दै आएको छ । 

पछिल्लो पाँच वर्षमा कम्पनीले पौने चार अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीले सन् २०१९ मा सबैभन्दा धेरै १ अर्ब ६० करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो । त्यसपछि कोभिड महामारीले कम्पनीको व्यापारमा भारी गिरावट आएको थियो । सन् २०२० मा कम्पनीको व्यापार ४६ करोड ३० लाख रुपैयाँमा सीमित भएको थियो । तर, २०२१ भने कम्पनीले फेरि व्यापार बढाएको देखिन्छ । सो वर्ष कम्पनीको व्यापार ६१.९८ प्रतिशतले बढाएर ७५ करोड रुपैयाँ पुर्‍याएको थियो । त्यसपछिको वर्षमा पनि व्यापार बढेको नै देखिन्छ । तर, गत वर्ष भने कम्पनीको व्यापार आधा घटेको छ। 

कम्पनीले १ अर्ब १५ करोड रुपैयाँको बैंकिंङ कर्जाका रेटिङ गराएको छ । कर्जाका लागि लागि इक्रा नेपालबाट रेटिङ पाएको हो । कम्पनीले दीर्घकालीन कर्जाका लागि ७५ करोड १० लाख रुपैयाँको एनपी एलबी माइनस रेटिङ पाएको छ । यस्तै, ४० करोड ३० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी एफोर रेटिङ पाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.